back

लक्ष्मी लघुवित्तले कमायो ५ करोड ३४ लाख नाफा, अन्य सूचक कस्ता ?

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको अवधिसम्ममा धनात्मक भएको छ। गत आर्थिक वर्षमा लघुवित्तले ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको नाफा ६ करोड ५ लाख रुपैयाँ ऋणात्मक थियो।नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि धनात्मक भएको छ। लघुवित्तको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ११ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ८३ पैसा रहेको छ। त्यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात १०१.१० गुणा रहेको छ।

४४ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २८ करोड ६३ लाख रुपैयाँ सञ्चित छ। गत एक वर्षमा लघुवित्तको निक्षेप तथा सापटी ८.१२ प्रतिशत बढेको छ भने कर्जा ९.१२ प्रतिशत बढेको छ।समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५.४३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ६८.४९ प्रतिशत बढेको छ।

लघुवित्तको कुल सञ्चालन आम्दानी ११.७४ प्रतिशत बढेको छ। लघुवित्तको निष्क्रिय कर्जा ८.३६ प्रतिशतबाट घटेर ७.४३ प्रतिशतमा झरेको छ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

अभियान लघुवित्तको खुद नाफामा उल्लेख्य बृद्धि

अभियान लघुवित्तको खुद नाफामा उल्लेख्य बृद्धि

वि.सं.२०८३ साउन २१ बिहीवार १३:२८

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको...

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन २१ बिहीवार १०:५९

काठमाडौं । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन...

नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

वि.सं.२०८३ साउन २० बुधवार ०९:४१

काठमाडौँ । नेपालको पूँजीबजारको जग मानिने प्राथमिक बजार (Primary Market)...

लघुवित्त पीडित र सरकारबीच भएको सहमतिबारे भ्रम नफैलाउन समितिको अपिल

लघुवित्त पीडित र सरकारबीच भएको सहमतिबारे भ्रम नफैलाउन समितिको अपिल

वि.सं.२०८३ साउन १९ मंगलवार १९:०८

काठमाडौं । मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको...

साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ साउन १९ मंगलवार १८:२३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...