कामना सेवा विकास बैंकको सेयर बिक्रीमा

वि.सं.२०८१ साउन १७ बिहीवार

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा ५१ हजार ५३४ कित्ता सेयर बिक्रीमा राखेको हो ।
बैंकका अनुसार विभिन्न संस्थापक सेयरधनीहरूले सेयर बिक्री गर्न निवेदन दिएको हुँदा पहिलो प्राथमिकता विद्यमान संस्थापकलाई दिइएको छ ।हाल कायम संस्थापक सेयरधनीहरूले मात्रै बैंकको उक्त सेयर खरिद गर्न ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित समय : ११:१७ बजे