back

विद्यार्थीलाई सम्भावना चिनाउन र अवसरसँग जोड्न करियर कन्क्लेभ हुँदै

काठमाडौँ । माध्यमिक तहको(+२) अध्ययन पूरा गरेर बसेका विद्यार्थीहरूलाई सम्भावना चिनाउन र अवसरहरुसँग जोड्न श्रावण १९ गते अर्थात् आगामी शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ‘करियर कन्क्लेभ’ आयोजना हुने भएको छ। ‘करियर कन्क्लेभ’ नेपालमा विद्यार्थीहरुको करियरलाई प्राथमिकतामा राखेर गर्न लागिएको पहिलो युवा सम्मेलन भएको आयोजकले जनाएको छ।

प्रशिक्षणको आयोजक र टेकस्पायर कलेजको मुख्य प्रयोजनमा हुन लागेको युवा सम्मेलन ‘करियर कन्क्लेभ’ले विद्यार्थीहरूलाई प्रतिस्पर्धी बजारमा फस्टाउन र विकसित व्यावसायिक परिदृश्यमा अनुकूलन गर्न सहयोग गर्ने आयोजक संस्थाका अध्यक्ष लक्ष्मण पोख्रेलले बताए।

सम्मेलनमा विद्यार्थीहरुलाई नेपालको सूचना प्रबिधि क्षेत्र र व्यवस्थापन क्षेत्रका अग्रणी व्यक्तिहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा नेपालको अग्रणी डिजिटल वाल्ट ई सेवाका सह संस्थापक तथा यति एयरलाइन्सका सिईओ सुबाश सापकोटा, आईडियाप्रेन्योर नेपालका संस्थापक सन्जोग कोइराला, कोड हिमालयका सह संस्थापक ईस्मरण दवाडी, ह्याप्पी माइण्डसका संस्थापक श्रेया गिरीले ‘जीवन्त सिकाई र बदलिँदो रोजगारीको बजार’ विषयमा प्यानलमा बहस गर्नेछन्। उक्त प्यानलको मध्यस्थता माइण्सेट क्युबका संस्थापक राजन कोइरालाले गर्नेछन।

कार्यक्रममा क्यनका सचिव पारस खड्का र उत्प्रेरक वक्ता शौनक भट्टले विद्यार्थीहरुलाई सम्बोधन गर्नेछन् भने नितेशजंग कुँवर र समृद्धि राईको सांगितीक प्रस्तुति हुनेछ । यस्तै हास्य कलाकार सुमन कार्कीले पनि प्रस्तुति दिनेछन् भने अन्य थुप्रै सांगीतिक तथा सांस्कृतिक कार्यक्रम रहेको आयोजकले जनाएको छ।

सम्मेलनलाई कोड फर चेन्ज नेपालले सहआयोजना गरेको हो भने पिसिपिएस कलेज सहप्रायोजकमा रहेको छ। यस्तै कोड हिमालय, कुमारी बैंक, इन्ट्रान्स पार्क, आईएनआई सिनेमाज, एईसिसी ग्लोबल, क्वेस्नबैंक एआईले सम्मेलनलाई प्रायोजनना गरेका छन्।


भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न इप्पानका अध्यक्षको आग्रह

भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न इप्पानका अध्यक्षको आग्रह

वि.सं.२०८१ चैत १४ बिहीवार ११:४९

नयाँ दिल्ली । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान०का अध्यक्ष...

सेन्ट्रल फाइनान्सले लाभांश नदिने

सेन्ट्रल फाइनान्सले लाभांश नदिने

वि.सं.२०८१ चैत १४ बिहीवार १०:४७

काठमाडौं। सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश...

बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ चैत १४ बिहीवार १०:२३

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

वि.सं.२०८१ चैत १४ बिहीवार १०:०८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका...

यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभरको (तस्बिरहरू)

यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभरको (तस्बिरहरू)

वि.सं.२०८१ चैत १३ बुधवार १२:०५

ललितपुर। ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ...

इटहरी सेन्ट्रल प्लाजामा भीषण आगलागी : आधा दर्जन बढी दमकलले नियन्त्रणको प्रयास गर्दै (तस्बिरहरू)

इटहरी सेन्ट्रल प्लाजामा भीषण आगलागी : आधा दर्जन बढी दमकलले नियन्त्रणको प्रयास गर्दै (तस्बिरहरू)

वि.सं.२०८१ चैत १३ बुधवार ११:५४

इटहरी सेन्ट्रल प्लाजामा भीषण आगलागी भएको छ । आधा दर्जन...