back

पूँजी बृद्धि गर्न नेप्सेले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

nactional life

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को आफ्नो पूँजी बृद्धि गर्न सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ ।

अन्य मुलुकका स्टक एक्सचेञ्जले सर्वसाधारणलाई आईपीओ जारी गरिसकेको हुँदा नेप्सेले पनि आईपीओ जारी गर्ने भएको हो ।

‘नेपाल स्टक एक्सचेञ्जको पूँजी बृद्धि गर्न एउटा आईपीओ पनि हुन सक्छ, पब्लिकमा पनि जानुपर्छ । अर्काे रणनीतिक साझेदारी पार्टनर पनि चाहिन्छ । अहिले १ अर्ब चुक्ता पूँजीबाट ५ अर्ब रुपैयाँसम्म पुर्याउन सकिन्छ’ नेप्सेका एक कर्मचारीले बताए।

नेप्सेले आफ्नो पूँजी बृद्धि गर्नको लागि सर्वसाधारणका लागि २५ प्रतिशत साधारण शेयर निष्काशन गर्ने विषय पनि उठान गरेको हो । शेयर स्वामित्व संरचनालाई परिवर्तन गर्न २५ प्रतिशत सर्वसाधारणका लागि छुट्याउने योजना नेप्सेले बनाएको हो ।

नेप्सले आफ्नो बृद्धि विकास र सुधार गर्नको लागि मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ (सीएनआई), चेम्बर अफ कमर्स, मर्चेण्ट बैंकर्स एसोसियसन लगायतसँग सुझाव तथा छलफल पनि चलाएको थियो ।

हाल नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको १४.६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१४ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत, लक्ष्मी बैंकको ५ प्रतिशत र अन्य ०.६० प्रतिशत शेयर स्वामित्व रहेको छ । साथै, नेप्सेले विदेशी रणनीतिक साझेदार भित्र्याउने योजना गर्नुको साथै विदेशी साझेदारलाई १५ प्रतिशत शेयर दिने भन्ने प्रस्तावमा पनि छलफल चलाएको छ ।

त्यस्तै, विगतदेखि नै पुनसंरचनाको विषयमा चर्चा चलेपनि हालसम्म हुन सकेको छैन् । सिडिएस एण्ड क्लियरिङ्गको पनि शेयर निष्काशन गर्ने विषयमा छलफल गरेको छ ।

दक्षिण एशियाका केही एक्सचेञ्जहरूले पछिल्ला केही वर्षहरूमा रणनीतिक साझेदारी भित्र्याएका छन् भने नेप्से र सिडिएसमा रणनीतिक साझेदारी भित्र्याउने योजना बनाएको हो । साथै नेप्सेलाई संस्थाकरण पनि बनाउन लागेको स्रोतले जनाएको छ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

वि.सं.२०८३ जेठ २९ शुक्रवार १८:०२

काठमाडौं । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकार र औद्योगिक...

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

वि.सं.२०८३ जेठ २९ शुक्रवार १७:५९

काठमाडौं । सिरहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान...

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्की...

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०१

काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५७

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकोे मूल्य बढेको छ...

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१४

काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार...