back

 स्वयम्भूमा आगलागी : घरहरु र पसलहरु पूर्ण नष्ट

काठमाडौं । काठमाडौंको स्वयम्भूस्थित एक रेष्टुरेन्टमा आगलागी हुँदा मानव क्षति नभएको स्वयम्भु प्रहरी वृत्तका सहायक हवलदार बिष्णु थापाले बताएका छन् । शनिवार विहान २ बजे दार्जिलिङ मःम रेष्टुरेन्टमा आगोलागी हँुदा घरहरु र पसलहरु पूर्ण नष्ट भएपनि मानवीय क्षति नभएको सहायक हवलदार थापाले बताएका हुन् ।

‘लगभग दुई बजेतिर आगोलागी भएको खबर आयो । अफिस नजिकै भएको भएर धँुवा पनि देखियो र तत्काल दमकललाई खबर गर्यौं । दमकल पनि तुरुन्तै ८ वटा दमकल, ४/५ वटा पानी ट्याङकरमार्फत आगो नियन्त्रणमा आयो । भौतिक क्षति भएपनि मानवीय क्षति भएन । घरहरु र पसलहरु पूर्ण नष्ट छन् । आगलागीमा नजिकै रहेका पसलहरुमा क्षति पुगेको छ । बच्चा र बच्चाको आमालाई प्रहरीले तत्काल उद्दार गर्न सफल भयो,’ उनले भने ।

उक्त घटनाको कारण तत्काल भन्न नसकिने भन्दै थप अनुसन्धान भइरहेको पनि थापाले बताए ।
रेष्टुरेन्टमा आगोलागी हुँदा रेष्टुरेन्टको मात्र १० देखि १२ लाख क्षति भएको रेष्टुरेन्टकी सञ्चालक बन्सिका राईले जानकारी दिएकी छन् ।

nactional life
Corporatebazar 11 Anniversary

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १९:०२

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा...

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३८

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुने...

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औंसी अर्थात् आमाको मुख...

राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू

राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:२५

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको...

१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता

१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता

वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:४१

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज...

रास्वपा संसदीय समितिको बैठकले लगायो सभापतिका उम्मेदवार टुंगो

रास्वपा संसदीय समितिको बैठकले लगायो सभापतिका उम्मेदवार टुंगो

वि.सं.२०८३ वैशाख ३ बिहीवार १५:१०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार...