back
himalayan life

एसियन कप खेल्न जाने पुरुष फुटबल टोलीको बिदाई

काठमाडौं । सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट अन्तरगत मलेसिया विरुद्धको खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाई गरिएको छ ।
मंगलबार काठमाडौंको कोटेश्वरस्थित डिस बुटिक होटलमा आयोजित कार्यक्रमका बीच उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले बिदाई गरिएको हो । सोही क्रममा टोलीका कप्तान किरण चेम्जोङले नयाँ कोचले छोटो समयमा जतिपनि तालिम दिनुभएको छ त्यो टोलीका सबै खेलाडीहरुले सकरात्मक लिएकाले आउने खेलमा पक्कै पनि केही परिवर्तन हुने बताए ।

उनले भने, ‘हामी एकदमै उत्साहित छौं । यसपाली हाम्रो कोच पनि नयाँ हुनुहुन्छ र उहाँ पनि हामीसँग काम गर्न पाउँदा उत्साहित हुनुहुन्छ । नयाँ कोचले छोटो समयमा जतिपनि तालिम दिनुभएको छ । टोलीका सबै खेलाडीहरुले राम्रो तरिकाले लिएका छन् । केही नयाँ कुराहरु सिक्न पाएका छौं । पक्कैपनि केही परिवर्तन देख्न पाउनु हुनेछ ।’

साफको तयारी भइरहेका बेला साफभन्दा दुई हप्ता अगाडि एउटा सिरिज नेपालमा नै खेल्न पाइयो भने एकदमै राम्रो हुने पनि उनको भनाइ छ ।यस्तै, प्रशिक्षक म्याट रोसले नेपालमा धेरै राम्रो खेलाडीहरु भएका कारण छनोटको क्रममा समस्या भएपनि सबैमध्ये उत्कृष्ट खेलाडीहरु छनोट गरेको बताए । खेलाडीहरुले कस्तो खेल्छन् भनेर हेर्न उत्साहित रहेको भन्दै उनले टोलीलाई नेतृत्व गर्ने सपना पूरा भएको बताए ।

उनले भने, ‘खेलाडीहरुको प्रस्तुती, प्रतिबद्धता एकदमै राम्रो छ । तालिम दिने बेला कुनै पनि खालको समस्या भएन । नेपालमा धेरै राम्रो खेलाडीहरु छन्, त्यही कारण छनोटको क्रममा भने समस्या भएको थियो । अहिले सबैमध्ये उत्कृष्ट खेलाडीहरु छनोट गरेको छु । हाललाई धेरै प्रेसर महशुस गरेको छैन् । तर म उत्साहित छु ।’

उनले परिणामको बारेमा अहिले भन्न सकिने अवस्था नभएपनि बलियो र सकरात्मक प्रस्तुतीको आशा गरेको भन्दै प्रतिस्पर्धा गर्ने टोली पछाडि नहट्ने सोचमा रहेको बताए । नेपालले यही मार्च २१ मा सिंगापुरसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि एसियन कप छनोटको अन्तिम चरणको पहिलो खेल मलेसियासँग मार्च २५ मा मलेसियामै खेल्नेछ । अष्ट्रेलियन प्रशिक्षक म्याट रोस मुख्य प्रशिक्षक नियुक्त भएपछि नेपाली फुटबल टिमले पहिलो पटक खेल्न लागेको हो ।

रोसले सिंगापुर र मलेसियाका लागि २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् । यस पटक गोलकिपर अन्जल श्रेष्ठ, डिफेण्डर सुमन श्रेष्ठ र फरवार्ड सुबास बम ठकुरी तीन नयाँ खेलाडी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

वि.सं.२०८३ असार ९ मंगलवार १३:५८

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर...

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

वि.सं.२०८३ असार ९ मंगलवार १३:५६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३/०८४ का...