back

विवेकशील साझाले भन्यो राष्ट्रियसभा उपनिर्वाचनमा ‘नो भोट’

काठमाडौं । बागमती प्रदेशतर्फ रिक्त एक राष्ट्रियसभा सदस्य पदका लागि आज उपनिर्वाचनमा विवेकशील साझाले मतदान नगर्ने भएको छ ।

विवेकशील साझा पार्टीको बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले एक विज्ञप्ति जारी गर्दै पार्टीले निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको जानकारी दिए ।

‘चुनावी मैदानमा प्रतिस्पर्धारत तिनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा हामीले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकोले विवेकशील साझा पार्टीले यस निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको छ’ ।

बागमतीमा नेकपा एमालेबाट रामबहादुर थापा ‘बादल’, कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेकै माधव नेपाल समूहबाट डा. खिमलाल देवकोटा उम्मेदवार बनेका छन् भने नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

विवेकशील साझाका तीन जना प्रदेशसभा सदस्य मतदाता छन्। उनीहरुको कुल मत भार १४४ छ । यो मत कुनै उमेद्वारलाई पनि नपर्ने भएको छ ।

यस्तै विवेकशील साझाले मतपत्रमा ‘नो भोट’ को विकल्प शीघ्र लागु गर्न सरकार र निर्वाचन आयोगसमक्ष माग गर्ने निर्णय पनि गरेको पौड्यालले बताए ।

विवेकशील साझाले सर्वोच्च अदालतले २०७० पौष २१ गते सरकारका नाममा मतपत्रमा ‘नो भोट’ को व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी गरेको ब्यहोरा स्मरणीय गराएको छ ।’सात वर्ष भन्दा बढी भइसक्दा पनि उक्त आदेशको कार्यान्वयनमा सरकार र निर्वाचन आयोग उदासीन रहनु र यस राष्ट्रिय सभाको निर्वाचनसम्म आइपुग्दा पनि मतपत्रमा ‘माथिका कुनै पनि उम्मेदवार होइन’ विकल्प सामेल नगरिनु खेदजनक छ,’ विज्ञप्तिमा उल्लेख छ ।

२०७८ जेठ ६ गते प्रकाशित।


melung
तिहारमा ४० करोडको भाइमसला आयत, २० प्रतिशतसम्म मूल्य बढ्ने

तिहारमा ४० करोडको भाइमसला आयत, २० प्रतिशतसम्म मूल्य बढ्ने

वि.सं.२०७९ कात्तिक १ मंगलवार ०७:४८

काठमाडौं । यो वर्षको तिहारमा ४० करोड रुपैयाँ बराबरको भाइमसला...

मधेस प्रदेशको नीति तथा कार्यक्रम : गोलभेडा पकेट क्षेत्रदेखि गरिब परिचयपत्रसम्म

मधेस प्रदेशको नीति तथा कार्यक्रम : गोलभेडा पकेट क्षेत्रदेखि गरिब परिचयपत्रसम्म

वि.सं.२०७९ जेठ २३ सोमवार ११:०२

जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को निति...

दोस्रो अभ्यास खेलमा नेपाली दर्शकलाई प्रवेश दिइने

दोस्रो अभ्यास खेलमा नेपाली दर्शकलाई प्रवेश दिइने

वि.सं.२०७९ जेठ २३ सोमवार १०:०७

काठमाडौं। एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेतमा रहेको नेपाली...

माछा मार्ने व्यक्तिको मुखभित्र नदीबाट उफ्रिएको माछा पसेपछि…

माछा मार्ने व्यक्तिको मुखभित्र नदीबाट उफ्रिएको माछा पसेपछि…

वि.सं.२०७९ जेठ २१ शनिवार १२:४०

थाइल्याण्ड। थाइल्यान्डका एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपतकालीन...

नौ महिनामा एक खर्ब ६० अर्बको निर्यातः १४ खर्ब ६६ अर्बको आयात (तथ्यांकसहित)

नौ महिनामा एक खर्ब ६० अर्बको निर्यातः १४ खर्ब ६६ अर्बको आयात (तथ्यांकसहित)

वि.सं.२०७९ वैशाख २८ बुधवार १७:५१

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कुल वस्तु निर्यात...

भगवति आधारभुतका विद्यार्थी खुल्ला चौउरको भुईमा धुलोसँगै परिक्षा दिर्दैः नगरपालिका भने आशवासनमा सिमित

भगवति आधारभुतका विद्यार्थी खुल्ला चौउरको भुईमा धुलोसँगै परिक्षा दिर्दैः नगरपालिका भने आशवासनमा सिमित

वि.सं.२०७९ वैशाख २ शुक्रवार १८:३४

डोटि । डोटि जिल्ला शिखर नगरपालिका वडामा ११ मल्लीसातमा रहेको...