लाभांश पारित गर्न सिद्धार्थ इन्स्योरेन्सद्धारा एजीएम आह्वान
वि.सं.२०७८ जेठ ६ बिहीवार
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ ।
कम्पनी सञ्चालक समितिको हिजो बसेको बैठकले एजीएम आउँदो जेठ २८ गते आयोजना गर्ने निर्णय गरे बमोजीम सभा आह्वान गरिएको हो । सभा काठमाण्डौको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ।
कम्पनीले सभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १५.७८९४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँबराबरको बोनस सेयर र ३.७८९४ प्रतिशतले हुन आउने ३ करोड ७८ लाख ९४ हजार ७३६.८४ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।
कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ रहेको छ। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो जेठ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ १३ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
२०७८ जेठ ६ गते प्रकाशित
प्रकाशित समय : ०२:५६ बजे