back

नेपाल क्लियरिङ्ग हाउसले लगानीकर्तालाई ४० प्रतिशत लाभांश दिने

काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल) ले लगानीकर्तालाई ४० प्रतिशत लाभांश दिने भएको छ । एनसीएचएलले हिजो नवौँ वार्षिक साधारण सभामा लगानीकर्तालाई ४० प्रतिशत लाभांश वितरण गर्ने जानकारी गराएको छ । कोभिड १९ महामारीको बेला पनि कम्पनीले गत आर्थिक वर्षमा राम्रो मुनाफा कमाएको हो ।

वितरण गर्ने भनिएको घोषित लाभांशमध्ये ३८ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि आवश्यक थप २ प्रतिशत नगद लाभांश रहेको छ ।

एनसीएचएलको आर्थिक वर्ष २०७६–७७ को आफ्नो नवौं वार्षिक साधारण सभा जेठ ५ गते बुधबार जुममार्फत सम्पन्न गरेको हो । सभाले कम्पनीको चुक्तापूँजी २९.८ करोड रहेकोमा ३८ प्रतिशत बोनस शेयर वितरण गरी ४१.१ करोड पुर्याउने निर्णय गरेको छ ।

कम्पनीले पूँजी वृद्धिमार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने तथा जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन गर्ने योजना पनि बनाएको छ ।

आ.व. २०७६–७७ मा कम्पनीको भुक्तानी कारोबारहरुमाउल्लेख्य रुपमा वृद्धि भएता पनि कम्पनीको खुद नाफा भने २२.२ ले घटेको दाबी गरिएको छ । त्यसैगरी कम्पनीले कुल पुँजी तथा जगेडा कोषको अनुपातमा २९ प्रतिशत बराबरको नाफा–रिटर्न अन क्यापिटल एम्प्लोइड) प्राप्त गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले कम रहेको छ ।

यसरी नै बैठकले कम्पनीको सञ्चालक समितिमा वाणिज्य बैंकहरुलाई प्रतिनिधित्व गर्ने तीन नयाँ सञ्चालकहरुको निर्विरोध चयन पनि गरेको छ ।

हाल वाणिज्य बैंकलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरुको कार्यकाल समाप्त भएसँगै ती पदमा हिमालयन बैंक लिमीटेडका जेनेरल म्यानेजर उज्ज्वल राजभण्डारी, ग्लोबल आईएमई बैंक लिमीटेडका वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा सिद्धार्थ बैंक लिमीटेडका आइ.टि. प्रमुख सृजन मल्ल निर्वाीचत भएका छन् ।

नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एकजना, वाणिज्य बैंकका तर्फबाट तीनजना, विकास बैंकका तर्फबाट एक जना र फाईनान्स कम्पनीका तर्फबाट एकजना गरी हाल ६ जना रहेका छन् ।
हाल ६३ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ५,८०० शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ भने कम्पनीमा ५८ गैर–बैंकिङ संस्थाहरु सदस्यहरुको रुपमा आबद्ध छन्।

२०७८ जेठ ६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी : चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी : चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

वि.सं.२०८३ साउन १३ बुधवार १९:४२

रौतहट । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल...

लुम्बिनी प्रदेश सरकारको ठूलो निर्णय: मन्त्रालयको सङ्ख्या घटाएर ९ वटामा सीमित

लुम्बिनी प्रदेश सरकारको ठूलो निर्णय: मन्त्रालयको सङ्ख्या घटाएर ९ वटामा सीमित

वि.सं.२०८३ साउन १३ बुधवार १९:२९

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च कटौती र चुस्त...

स्वास्थ्यकर्मी सुरक्षा ऐन कार्यान्वयनमा सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित हुने

स्वास्थ्यकर्मी सुरक्षा ऐन कार्यान्वयनमा सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित हुने

वि.सं.२०८३ साउन १३ बुधवार १९:२०

काठमाडौं । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुव्र्यवहारका घटनापछि उत्पन्न विवाद...

प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ

प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ

वि.सं.२०८३ साउन १३ बुधवार १९:१८

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी मुख्य बिजनेस अफिसर...

प्रधानमन्त्रीले लिए सुनसरीमा भएको घटनाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ

प्रधानमन्त्रीले लिए सुनसरीमा भएको घटनाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ

वि.सं.२०८३ साउन १३ बुधवार १९:१५

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र...

कोशी प्रदेश सरकारले देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई २ लाख रुपैयाँ दिने 

कोशी प्रदेश सरकारले देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई २ लाख रुपैयाँ दिने 

वि.सं.२०८३ साउन १३ बुधवार १७:३०

विराटनगर । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको...