back

कप्तानगञ्ज घटनाबारे सरकारले छानबिन समिति गठन, पीडितलाई क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता

काठमाडौं । नेपाल सरकारले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाका पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीउपर कडा कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।

सरकारले कुनै पनि समस्या वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव नहुने उल्लेख गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकता कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ । साथै, उत्तेजना फैलाउने वा भ्रामक सूचना प्रसारण नगर्न तथा त्यस्ता सूचनाबाट प्रभावित नहुन नागरिकलाई अपिल गरेको छ ।

सरकारले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सात दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेशसहित छानबिन समिति गठन गरेको छ । समितिले आफ्नो काम सुरु गरिसकेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राष्ट्रपति रामचन्द्र पौडेल र रवि लामिछानेबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र रवि लामिछानेबीच भेटवार्ता

वि.सं.२०८३ साउन १३ बुधवार १३:२६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

संसदीय सुनुवाइमा उजुरीकर्तामाथि सांसदहरूको प्रश्न ; ‘दरपीठपछि के गर्नुभयो ?’

संसदीय सुनुवाइमा उजुरीकर्तामाथि सांसदहरूको प्रश्न ; ‘दरपीठपछि के गर्नुभयो ?’

वि.सं.२०८३ साउन १३ बुधवार १३:२४

काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा प्रमुख निर्वाचन...

प्रधानमन्त्री बालेन शाहलाई भारतको औपचारिक निम्तो

प्रधानमन्त्री बालेन शाहलाई भारतको औपचारिक निम्तो

वि.सं.२०८३ साउन १२ मंगलवार १७:५८

काठमाडौँ। प्रधानमन्त्री बालेन शाहलाई छिमेकी मुलुक भारत भ्रमणको औपचारिक निम्तो...

उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न, ‘हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने निर्णय

उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न, ‘हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने निर्णय

वि.सं.२०८३ साउन १२ मंगलवार १६:०६

काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक...

नेपाल कानून आयोग ऐन संशोधन विधेयकमा ७ दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह

नेपाल कानून आयोग ऐन संशोधन विधेयकमा ७ दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह

वि.सं.२०८३ साउन १२ मंगलवार १५:२५

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘नेपाल कानून...

सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट

सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट

वि.सं.२०८३ साउन १२ मंगलवार ०९:११

सोलुखुम्बु । सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकाको जुनियर राष्ट्रिय कराँते टोली...