back

राष्ट्रिय सभा उपनिर्वाचनमा ३ उम्मेदवार : ३ सय ४७ मतदाता

काठमाडौं । बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि तय उपनिर्वाचनमा ३ सय ४८ मतदाता र तीन उम्मेदवार छन् ।

आगामी ६ जेठमा हुने उपनिर्वाचनमा बाग्मती प्रदेशसभाका १ सय १० मध्ये १ सय ९ सांसदले मतदान गर्नेछन् । एक सांसदको केही दिनअघि कोरोना संक्रमणका कारण निधन भएको थियो ।

त्यस्तै, स्थानीय तहका २ सय ३८ प्रमुख÷उपप्रमुखसमेत गरी कुल ३ सय ४८ मतदाता हुनेछन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय जनप्रतिनिधिको मतभार १८ गणना हुनेछ ।

निर्वाचन आयोगले उम्मेदवारलाई चिह्नसमेत प्रदान गरिरसकेको छ । आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बाग्मतीतर्फ उपनिर्वाचनका लागि तीन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकिएको प्रस्ट पारे । जसअनुसार सत्तारूढ नेकपा एमालेबाट उम्मेदवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सूर्य चिह्न पाएका छन् ।

त्यस्तै, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल समूहबाट उम्मेदवार बनेका डा. खिमलाल देवकोटाले कलम चिह्न पाएका छन् ।

नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेदवार कृष्णबहादुर तामाङले मादल चिह्न प्राप्त गरिसकेका छन् । आयोगले हेटौंडा भुटनीदेवी मावि मतदानस्थल तोकेको छ ।

प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उपनिर्वाचनका लागि अधिकृत कार्यालय स्थापना भइसकेको छ ।

कलम चिह्न पाएका देवकोटा संघीयता विज्ञ तथा एमालेनिकट बुद्धिजीवी मानिन्छन् । अर्का उम्मेदवार बादल भने केही समयअघि मात्रै एमाले प्रवेश गरेका हुन् । नेकपा एकता हुनुअघि उनी माओवादी केन्द्रबाट उम्मेदवार थिए । उनलाई एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गरेको थियो ।

बादलमाथि पार्टीले कारबाही गरेपछि उनको राष्ट्रिय सभा सदस्य पद गुमेको थियो । यसपछि उनको सोही स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

राष्ट्रिय सभा सदस्यको बाग्मती प्रदेशतर्फको रिक्त एक पदका लागि गत २४ वैशाखमा उम्मेदवार मनोनयन दर्ता गरिएको थियो ।

लुम्बिनी प्रदेशतर्फ रिक्त सदस्यमा भने १७ जेठमा राष्ट्रिय सभा उपनिर्वाचनका लागि मतदान हुनेगरी आयोगले मिति निर्धारण गरिसकेको छ । यो समाचार राजाधनी दैनिकमा छ ।

२०७८ जेठ २ गते प्रकाशित ।

nactional life
Corporatebazar 11 Anniversary

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२५

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको...

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

वि.सं.२०८२ चैत १६ सोमवार ११:५६

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक...

मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै

वि.सं.२०८२ चैत १६ सोमवार ११:२४

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री...

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

वि.सं.२०८२ चैत १६ सोमवार ११:२१

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको...

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

वि.सं.२०८२ चैत १६ सोमवार ११:१७

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा...

कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल

कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल

वि.सं.२०८२ चैत १२ बिहीवार १२:०४

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबिन...