back

भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने

nactional life

भक्तपुर । भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने भएको छ । भक्तपुरकै मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले अक्सिजन उत्पादन शुरु गरेलगत्तै भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने प्रक्रिया अघि बढाएको हो ।

वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा भक्तपुर अस्पतालमा अक्सिजन प्लान्ट राख्न लागिएको हो । त्यसका लागि प्रदेश सरकारले रु दुई करोड उपलब्ध गराउने निर्णय भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिए । मेसु गौतमका अनुसार जडान गर्न लागिएको प्लान्टले दैनिक चार हजार लिटर अक्सिजन उत्पादन गर्नेछ । “युएस कम्पनीको प्लान्ट जडान हुने र यसले दीर्घकालीन रुपमा अक्सिजन आपूर्तिको समस्या केही हदसम्म समाधान हुने अपेक्षा गरेकी छु”, मेसु गौतमले भने ।

भक्तपुर अस्पतालले कोरोना सङ्क्रमितको उपचारमा जिल्लामै अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । गत वर्ष प्रदेशको उत्कृष्ट अस्पताल हुन सफल सो अस्पतालमा हाल ६५ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । अक्सिजनको अभावकै कारण कोरोना सङ्क्रमितको उपचारका लागि ७५ श्ययासम्म विस्तार गरिसकेको यो अस्पतालले केही श्यया कटौती गरिसकेको छ । अक्सिजनको अभावलाई न्यूनीकरण गर्न मेसु डा गौतमले तराईका जिल्लाबाट समेत अक्सिजन ल्याएर बिरामीको उपचार गरिएको बताए।

मेसु डा गौतमले अस्पतालका आधा दर्जन स्वास्थ्यकर्मीसमेत कोरोना सङ्क्रमित रहेका जानकारी दिँदै यस विषम परिस्थितिमा अस्पताललाई आफ्नै सम्झेर हौसला र सहयोगका लागि आम जनसमुदायसँग अपिलसमेत गरेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:१९

रौतहट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...

दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:१९

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज एकै दिन दुईवटा नेपाली चलचित्र...

आइएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा: प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

आइएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा: प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

वि.सं.२०८१ फागुन २२ बिहीवार १७:४४

महोत्तरी- आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं....

विदेशी दातृ निकायबाट कति पैसा आयो जानकारी होस् : सांसद सिंह

विदेशी दातृ निकायबाट कति पैसा आयो जानकारी होस् : सांसद सिंह

वि.सं.२०८१ फागुन १२ सोमवार १७:०९

काठमाडौं - स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले अहिलेसम्म नेपालमा विदेशी दातृ...

देशभर ११ हजार ३३८ सवारी दुर्घटना, एक हजार २३३ को मृत्यु

देशभर ११ हजार ३३८ सवारी दुर्घटना, एक हजार २३३ को मृत्यु

वि.सं.२०८१ फागुन ६ मंगलवार १०:१४

काठमाडौं । गृह मन्त्रालयले नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर...

मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

वि.सं.२०८१ माघ २ बुधवार १२:३२

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुन्दुम...