back

भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने

भक्तपुर । भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने भएको छ । भक्तपुरकै मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले अक्सिजन उत्पादन शुरु गरेलगत्तै भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने प्रक्रिया अघि बढाएको हो ।

वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा भक्तपुर अस्पतालमा अक्सिजन प्लान्ट राख्न लागिएको हो । त्यसका लागि प्रदेश सरकारले रु दुई करोड उपलब्ध गराउने निर्णय भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिए । मेसु गौतमका अनुसार जडान गर्न लागिएको प्लान्टले दैनिक चार हजार लिटर अक्सिजन उत्पादन गर्नेछ । “युएस कम्पनीको प्लान्ट जडान हुने र यसले दीर्घकालीन रुपमा अक्सिजन आपूर्तिको समस्या केही हदसम्म समाधान हुने अपेक्षा गरेकी छु”, मेसु गौतमले भने ।

भक्तपुर अस्पतालले कोरोना सङ्क्रमितको उपचारमा जिल्लामै अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । गत वर्ष प्रदेशको उत्कृष्ट अस्पताल हुन सफल सो अस्पतालमा हाल ६५ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । अक्सिजनको अभावकै कारण कोरोना सङ्क्रमितको उपचारका लागि ७५ श्ययासम्म विस्तार गरिसकेको यो अस्पतालले केही श्यया कटौती गरिसकेको छ । अक्सिजनको अभावलाई न्यूनीकरण गर्न मेसु डा गौतमले तराईका जिल्लाबाट समेत अक्सिजन ल्याएर बिरामीको उपचार गरिएको बताए।

मेसु डा गौतमले अस्पतालका आधा दर्जन स्वास्थ्यकर्मीसमेत कोरोना सङ्क्रमित रहेका जानकारी दिँदै यस विषम परिस्थितिमा अस्पताललाई आफ्नै सम्झेर हौसला र सहयोगका लागि आम जनसमुदायसँग अपिलसमेत गरेका छन् ।


melung
मधेस प्रदेशको नीति तथा कार्यक्रम : गोलभेडा पकेट क्षेत्रदेखि गरिब परिचयपत्रसम्म

मधेस प्रदेशको नीति तथा कार्यक्रम : गोलभेडा पकेट क्षेत्रदेखि गरिब परिचयपत्रसम्म

वि.सं.२०७९ जेठ २३ सोमवार ११:०२

जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को निति...

दोस्रो अभ्यास खेलमा नेपाली दर्शकलाई प्रवेश दिइने

दोस्रो अभ्यास खेलमा नेपाली दर्शकलाई प्रवेश दिइने

वि.सं.२०७९ जेठ २३ सोमवार १०:०७

काठमाडौं। एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेतमा रहेको नेपाली...

माछा मार्ने व्यक्तिको मुखभित्र नदीबाट उफ्रिएको माछा पसेपछि…

माछा मार्ने व्यक्तिको मुखभित्र नदीबाट उफ्रिएको माछा पसेपछि…

वि.सं.२०७९ जेठ २१ शनिवार १२:४०

थाइल्याण्ड। थाइल्यान्डका एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपतकालीन...

भगवति आधारभुतका विद्यार्थी खुल्ला चौउरको भुईमा धुलोसँगै परिक्षा दिर्दैः नगरपालिका भने आशवासनमा सिमित

भगवति आधारभुतका विद्यार्थी खुल्ला चौउरको भुईमा धुलोसँगै परिक्षा दिर्दैः नगरपालिका भने आशवासनमा सिमित

वि.सं.२०७९ वैशाख २ शुक्रवार १८:३४

डोटि । डोटि जिल्ला शिखर नगरपालिका वडामा ११ मल्लीसातमा रहेको...

नयाँ वर्ष अफर : नेपाल टेलिकमले ल्यायो ९८ रुपैयाँमा ६ जीबी डाटा प्याक

नयाँ वर्ष अफर : नेपाल टेलिकमले ल्यायो ९८ रुपैयाँमा ६ जीबी डाटा प्याक

वि.सं.२०७८ चैत २९ मंगलवार ११:३५

काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ...

एमसीसी नेपालमा पूर्वाधार निर्माणको काम सुरु हुन ‘अझै डेढ वर्षसम्म लाग्ने’: कसको पालामा के भयो?,अहिलेसम्म कति पैसा आयो ?

एमसीसी नेपालमा पूर्वाधार निर्माणको काम सुरु हुन ‘अझै डेढ वर्षसम्म लाग्ने’: कसको पालामा के भयो?,अहिलेसम्म कति पैसा आयो ?

वि.सं.२०७८ चैत २३ बुधवार १२:०५

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत...