back
nactional

कोभिड महामारीमा जोखिम व्यवस्थापनका लागी ‘सँगसँगै’ अभियान

२६ वैशाख, कञ्चनपुर–कोरोना भाईरस अर्थात कोभिड–१९ महामारीको जोखिम व्यवस्थापनका निम्ति कञ्चनपुरका युवाले ‘सँगसँगै’ अभियान सुरु गरेका छन । कोभिड महामारीको समयमा जोखिम व्यवस्थापनका निम्ति स्वैच्छिक तवरले यो अभियान सुरु गरीएको ‘सँगसँगै’ अभियानका संयोजक लक्ष्मी श्रेष्ठले बताईन ।

‘पालिकास्तरमै कोभिड सन्क्रमितको उचित उपचार हुने व्यवस्था मिलाउन यो अभियान थालेका हौँ,’ उनले भनिन् । ‘जिल्लास्तरका अस्पतालमा मात्र भर पर्नु भन्दा पालिकास्तरकै स्वास्थ्य संस्थामा अक्सिजनको व्यवस्था, मेडिकल सामग्री, स्वस्थ्यकर्मी, एम्बुलेन्स सेवाहरुको व्यवस्थापनका निमित्त यो अभियान सुरु गरेका हौँ ।’

अक्सिजनको जोहो गर्ने, स्वास्थ्य सामग्री उपलब्ध गराउने, प्लाज्मा दाताहरूको खोजी तथा प्लाज्माको आवश्यकता परेका व्यक्तिहरूलाई उपलब्ध गराउन समन्वय गर्ने, राहत सामग्री दाताको खोजी तथा स्थानीय सरकारसँग समन्वयन गरी वितरण गर्ने, कोभिड सङ्क्रमित व्यक्तिका लागि आवश्यक सहयोग गर्ने लगाएत उदेश्य राखी यो अभियान सञ्चानल गरीएको संयोजक श्रेष्ठले बताईन ।
‘सहयोगि दाता, संघसंस्थाहरूले पनि सहयोग गर्दा पालिका भित्रका स्वास्थ्य केन्द्रहरुलाई सहयोग गर्नु पर्यो,‘ उनले भनिन् । ‘यसो गर्दा ग्रामीण भेगका संक्रमितहरु जिल्ला सम्म पुग्नु पर्दैन, अस्पतालमा ठाउँ नपाएर भौतारिनु पर्दैन, अस्पतालले हामिले थेग्न सकेनौ भन्नु पर्दैन ।’ यसका लागी स्थानिय सरकार, स्वास्थ्य निकाय, सरोकारवाला निकायहरुलाई पनि यसतर्फ लाग्न उनले आग्रह गरिन् । पहिलो चरणमा कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाबाट सुरु गरिएको अभियान पुर्नवास नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिका सम्म लैजाने योजना रहेको ‘सँगसँगै’ अभियानका संयोजक लक्ष्मी श्रेष्ठले जानकारी दिईन ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:५३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग आज मन्त्रीहरुले चालु आर्थिक वर्षमा...

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

वि.सं.२०८३ भदौ ३ बुधवार १५:३२

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र...

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

वि.सं.२०८३ भदौ ३ बुधवार १२:०७

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्ने भएको छ । ...

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

वि.सं.२०८३ भदौ ३ बुधवार १२:०४

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय...

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:५३

भक्तपुर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको आगामी राष्ट्रिय महाधिवेशनमा...

चिकित्सकको निर्वाह भत्ता, कार्य अवधि र सेवा सुविधाबारे प्रधानमन्त्री कार्यालयमा छलफल

चिकित्सकको निर्वाह भत्ता, कार्य अवधि र सेवा सुविधाबारे प्रधानमन्त्री कार्यालयमा छलफल

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:४४

काठमाडौं । प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता, काम गर्ने...