back

सरकारले अस्पतालमा बेड छैन भनेर जिम्मेवारबाट भाग्न खाजेको कांग्रेससको आरोप

काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमित विरामीका लागि अस्पतालमा बेड नपुग्ने अवस्था आयो भन्नु लज्जास्पद कुरा भएको जनाएको छ । कांग्रेसले अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारी र लज्जास्पद भएको टिप्पणी गरेको हो । संकटको बेलामा सरकारले नागरिकलाई ढाडस दिनुपर्नेमा सरकार गैह्रजिम्मेवार बनेको कांग्रेसको आरोप छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको छ ।’

अस्पतालमा बेड छैन भन्नु सरकारको इतिहासकै सबैभन्दा गैह्रजिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलवाडको व्यवहार हो भन्दै कांग्रेसले भनेको छ, ‘यस्तो निरीहता र अयोग्यताले आजको संकट पार लगाउन सकिन्न ।’

विज्ञप्तिमा लेखिएको छ, ‘पूरै वर्ष दिन सत्ता द्वन्द्वमा बिताउने, संसद विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने?रु’

नेपाली कांग्रेसले लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा काम गर्न र कोरोनाविरुद्धको संघर्षमा राज्यको क्षमता बिस्तार गर्न सरकारलाई अपीलसमेत गरेको छ ।

कांग्रेसले भनेको छ, संकटका बेला हरेक नागरिकको अभिभावक राज्य हुन्छ । बेडको अभाव हुन थाल्यो भने अभावको गीत गाएर त्यो अभिभावकत्व पूरा हुन सक्दैन । नेपाली कांग्रेस परिस्थितिको गम्भीरता बमोजिम मनस्थितिको गम्भीरता राखेर कार्य गर्न सरकारलाई सजग गराउन चाहन्छ ।’

gaugauma singhadarbar

दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:१९

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज एकै दिन दुईवटा नेपाली चलचित्र...

आइएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा: प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

आइएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा: प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

वि.सं.२०८१ फागुन २२ बिहीवार १७:४४

महोत्तरी- आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं....

विदेशी दातृ निकायबाट कति पैसा आयो जानकारी होस् : सांसद सिंह

विदेशी दातृ निकायबाट कति पैसा आयो जानकारी होस् : सांसद सिंह

वि.सं.२०८१ फागुन १२ सोमवार १७:०९

काठमाडौं - स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले अहिलेसम्म नेपालमा विदेशी दातृ...

देशभर ११ हजार ३३८ सवारी दुर्घटना, एक हजार २३३ को मृत्यु

देशभर ११ हजार ३३८ सवारी दुर्घटना, एक हजार २३३ को मृत्यु

वि.सं.२०८१ फागुन ६ मंगलवार १०:१४

काठमाडौं । गृह मन्त्रालयले नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर...

मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

वि.सं.२०८१ माघ २ बुधवार १२:३२

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुन्दुम...

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

वि.सं.२०८१ माघ १ मंगलवार १३:३०

काठमाडौं । आज माघे सङ्क्रान्ति, देशभरी धुमधामसाथ मनाइदैँछ । सक्रान्तिहरूमा...