back
himalayan life

अर्थतन्त्रको बृद्धिदर ४ प्रतिशतभन्दा बढी, प्रतिव्यक्ति आय १ लाख ४१ हजार

काठमाडौं । यो वर्ष नेपालको अर्थतन्त्र ४ दशमलव ०१ प्रतिशतले बढ्ने देखिएको छ । केन्द्रिय तथ्यांक विभागले यो वर्ष नेपालको अर्थतन्त्र ४.०१ प्रतिशत बढ्ने प्रक्षेपण सार्वजनिक गरेको छ । गत वर्ष कोरोना महामारीका कारण अर्थतन्त्र २.०९ प्रतिशत घटेको संशोधित तथ्यांक पनि विभागले सार्वजनिक गरेको छ ।

यसअघि गत वर्ष पनि आर्थिक बृद्धि धनात्मक नै भएको बताइँदै आएको थियो । विभागले राष्ट्रिय लेखा विधीमा संशोधन गरेपछि भने डेढ प्रतिशत हाराहारीमा अर्थन्त्र खुम्चने बताएको थियो । पछिल्लो तथ्यांकले भने गत वर्ष अर्थतन्त्र २ प्रतिशतभन्दा धेरैले घटेको देखिएको छ ।

कोरोना महामारीका कारण अधिकांश उद्योगधन्दा बन्द भएको, बजार बन्द गरिएको र धेरैको रोजगारी खोसिएका कारण समग्र माग र उपभोग पनि घटेको थियो । यसको असर आर्थिक बृद्धिमा परेको विभागले जनाएको छ ।

यो वर्षभने अधिकांश उद्योगधन्दा पुनः सञ्चालनमा आएका कारण अर्थतन्त्र बढोत्तरी हुने अनुमान गरेको छ । पछिल्लो १० वर्षमा मुलुकको कुल गार्हस्थ उत्पादन औसत ४.३८ प्रतिशतले बढेको देखाएको छ । यस आधारमा यो वर्ष औसत बृद्धिकै नजिकका पुग्ने संभावना देखिएको हो । यद्यपि, हालैका सातामा बढेको कोरोना महामारी र नयाँ निशेधाज्ञाको असर अर्थतन्त्रमा कति पर्छ भनेर हेर्न भने बाँकी छ ।

यससँगै कुल गार्हस्थ उत्पादनमा आधारित प्रतिव्यक्ति आय १ लाख ४० हजार ८ सय १९ रुपैयाँ पुग्ने विभागको अनुमान छ । कुल राष्ट्रिय आयका आधारमा भने नेपालीको प्रतिव्यक्ति आम्दानी १ लाख ४१ हजार ४ सय ८ रुपैयाँ पुग्ने विभागले बताएको छ । प्रतिव्यक्ति आयलाई कुल गार्हस्थ उत्पादन (जीडीपी)मा नभइ कुल राष्ट्रिय आय ९जीएनआई० का आधारमा मापन गरिन्छ । अमेरिकी डलरमा भने प्रतिव्यक्ति आय १ हजार १ सय ९६ डलर पुग्ने अनुमान छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला...

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण,...

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

वि.सं.२०८३ असार १२ शुक्रवार १०:१२

काठमाडौं । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको...

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

वि.सं.२०८३ असार ११ बिहीवार २२:०४

काठमाडौं । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न...

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वि.सं.२०८३ असार ११ बिहीवार १७:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक,...