back

लामो दुरीका यातायात सञ्चालनमा ल्याउने तयारी, गृह मन्त्रालयले दियो यस्तो निर्देशन

काठमाडौँ । सरकारले लामो दुरीका यातायातहरु सञ्चालनमा ल्याउने तयारी गरेको छ । गृह मन्त्रालयले ७७ वटै जिल्लालाई पत्राचार गरेर ठप्प रहेका लामो दूरीका यातायात सञ्चालनमा ल्याउन सहजीकरण गर्न आग्रह गरेको हो ।

गृहमन्त्रालयद्धारा जारी पत्रमा ‘त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायत निकायबाट परीक्षा कार्यक्रम सार्वजनिक भएकोले देशका विभिन्न भागबाट परीक्षार्थीको आवागमन समेतलाई ध्यानमा राखेर जनस्वास्थ्यका मादपण्डको पूर्ण पालना गरेर मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न निर्देशन दिइएको छ।’ लेखिएको छ ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गत वैशाखदेखि काठमाण्डौ उपत्यकाभित्र अन्य जिल्लाबाट यात्रुबस आउन दिइएको छैन। काठमाण्डौ उपत्यकाभित्र भने सबैखाले सार्वजनिक यातायात सञ्चालनमा आइसकेका छन्। तर विभिन्न शैक्षिक संस्था र आयोगहरुले परीक्षाका कार्यक्रम सार्वजनिक गरेकोले परीक्षार्थीको आवागमनलाई सहज पार्न मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयले प्रहरी र प्रशासनलाई निर्देशन दिएको हो।

साउन ४ गतेको मन्त्रिपरिषद बैठकबाट सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक निर्णय भएको थियो। उक्त निर्णय कार्यान्वयनको जिम्म गृह मन्त्रालयले दिइएको छ।

२०७८ साउन ७ गते प्रकाशित


श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...

नवनियुक्त प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य को हुन् बिडारी ?

नवनियुक्त प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य को हुन् बिडारी ?

वि.सं.२०८२ जेठ २० मंगलवार १८:२०

काठमाडौं ।  थाहा नगरपालिका वडा नं ६, टिस्टुङ बज्रबाराहीका स्थायी...

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

वि.सं.२०८२ जेठ १९ सोमवार १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी...