back

जनकपुर–जयनगर रेल सेवा यसै महिनाबाट, १५ रुपैयाँमै रेल चढ्न पाइने

काठमाडौं । जनकपुर–जयनगर जोड्ने रेल सेवा सञ्चालनका लागि जनशक्ति र प्रविधि उपलब्ध गराउन नेपाल रेलवे कम्पनी र भारतीय कम्पनी कोन्कणबीच सेवा सम्झौता (सर्भिस कन्ट्याक्ट) भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले असारभित्र नै जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्ने गृहकार्य स्वरूप भारत सरकारको मातहतमा रहेको भारतीय रेलवे कम्पनी कोन्कणबीच सम्झौता भएको जानकारी दिए ।

सो रेल सेवा असारभित्रमा नै सञ्चालनमा ल्याउने गरी तयारी सुरु गरिएको बताउँदै उनले रेल सञ्चालनका लागि अहिले जनशक्ति नेपालमा उपलब्ध हुन नसकेकोले रेल चालक (लोको पाइलट)सहित २६ जना जनशक्ति उपलब्ध गराउन भारतीय कम्पनीसँग सम्झौता गरिएको बताए । सम्झौताअनुसारको भारतीय जनशक्ति नेपाल आई जनकपुरमा नेपाली रेलवे कर्मचारीहरूलाई तालिम दिइरहेको छ ।

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति, प्रविधि र उपकरण उपलब्ध गराउने, मेसिन, ट्र्याक मर्मतलगायतका काम गर्ने तथा नेपाली रेलवे कर्मचारीलाई तालिम दिनका लागि नेपाल रेलवे कम्पनी र कोन्कणबीच एक वर्षका लागि सर्भिस कन्ट्याक्ट भएको जानकारी दिए ।

सम्झौताअनुसार भारतीय कर्मचारीको तलब–भत्ता, दुवै रेलको सर्भिसिङ र मर्मत, रेलवे ट्र्याकको मर्मत, नेपाली कर्मचारीलाई प्रशिक्षण भारतीय पक्षले दिनेछन् । त्यसैगरी रेल सञ्चालनका लागि सुरुको एक महिनाको डिजेल भारतीय पक्षले नै दिने र त्यसपछि नेपाल रेल कम्पनीले आफैँ खरिद गर्ने छ । सो सेवा उपलब्ध गराएबापत नेपालले भारतीय कम्पनीलाई ३५ करोड १२ लाख रुपियाँ उपलब्ध गराउने छ ।

नेपाल रेलवेका महाप्रबन्धक भट्टराईले भने, “नेपाली प्राविधिकले रेल सञ्चालनसम्बन्धी सीप सिकिसकेपछि नेपाल रेलवे कम्पनीको खर्च घट्नेछ र नेपालमा नै जनशक्ति उत्पादन सुरु हुनेछ ।” अहिले जनकपुरमा ७५ जना नेपाली प्राविधिकलाई भारतीयले तालिम दिइरहेका छन् । प्रक्रिया पूरारेल सेवा सञ्चालनका लागि कुनै पनि कानुनी अड्चन र समस्या नरहेको बताउँदै नेपाल रेलवेका महाप्रबन्धक भट्टराईले सो रेल सेवा सञ्चालन गर्न नेपाल र भारतबीच तयार पारिएको ‘स्ट्यान्डर्स अपरेटिङ प्रोस्युडर’ (एसओपी)मा समेत भारतले सहमति जनाइसकेको जानकारी दिए । यसअघि भारतले सहमति जनाएको थिएन ।

रेल सञ्चालनसम्बन्धी कानुन अध्यादेशबाट आइसकेको हुनाले अब कुनै कानुनी प्रक्रिया बाँकी नरहेको उनले स्पष्ट पारे । उनका अनुसार रेलवे कम्पनीले रेल सञ्चालनका लागि टिकट र भाडादरसहितका कार्य पूरा गरिसकेका छन् । सो रेलवेको न्यूनतम टिकट १५ रुपैयाँ (एक स्टेशनबाट अर्को स्टेशनसम्म), जनकपुरदेखि जयनगरसम्मको साधारण भाडा ७५ रुपैयाँ र वातानुकूलित (एसी) कक्षको भाडा दर तीन सय रुपैयाँ तोकिएको छ ।

उनले भने “सुरुमा बिहान, दिउँसो र बेलुका गरी दैनिक तीनपटक रेल सेवा सञ्चालन गरिने छ । सुरुमा एउटै रेल चलाइने छ । यात्रुको सङ्ख्या बढ्दै गएपछि दुइटै रेल सञ्चालनमा ल्याइने छ ।” तत्काल सो रेल सेवा नेपालको कुर्थादेखि भारतको जयनगरसम्म ३४ किलोमिटरमा सञ्चालन हुनेछन् । सो खण्डमा आठवटा स्टेशन हुने छन् । (गोरखापत्र दैनिकबाट)

२०७८ असार १३ गते प्रकाशित


राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन्...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : अध्यक्ष ढकाल

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : अध्यक्ष ढकाल

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३९

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका...

लगानी सम्मेलन सुरु: सबैभन्दा धेरै चिनियाँ लगानीकर्ता,५५ भन्दा बढी देशबाट १६ सयभन्दा धेरै लगानीकर्ताको सहभागिता

लगानी सम्मेलन सुरु: सबैभन्दा धेरै चिनियाँ लगानीकर्ता,५५ भन्दा बढी देशबाट १६ सयभन्दा धेरै लगानीकर्ताको सहभागिता

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:४७

काठमाडौँ । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा सबैभन्दा धेरै...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, बैशाख अन्तिम साता ‘ब्रेक थ्रू’

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, बैशाख अन्तिम साता ‘ब्रेक थ्रू’

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:३१

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन...

तेस्रो लगानी सम्मेलन आजदेखि, ९ खर्बका परियोजना प्रस्तुत गरिँदै

तेस्रो लगानी सम्मेलन आजदेखि, ९ खर्बका परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२३

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत...

गोगोरोले भित्र्यायो ब्याट्री स्वापिङ प्रविधि, आयो ६ सेकेन्डमै फुल चार्ज हुने

गोगोरोले भित्र्यायो ब्याट्री स्वापिङ प्रविधि, आयो ६ सेकेन्डमै फुल चार्ज हुने

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २२:१२

काठमाडौं । दुईपांग्रे सवारीसाधन उत्पादक गोगोरोले नेपालमा ब्याट्री स्वापिङ टेक्नोलोजी...