back
nactional

पक्राउ गर्दै छोड्दै गरेपछि सीआइबीमाथि प्रश्न, प्रहरीलाई पनि असर

काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी) ले गरेका केही कामका कारण प्रहरी प्रशासन बदनाम भएको छ । सीआइवीले गरेका कतिपय गलत कामका कारण त्यसको प्रत्यक्ष असर प्रहरीको प्रधान कार्यालय नक्साललाई परेको छ ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले शान्ति सुरक्षा कायम गर्न सक्रियता देखाएर प्रहरीलाई २४ सै घण्टा तैनाथ राखेका छन् । तर सीआइबीले कतिपय अवस्थामा पूरा तयारी नै नगरी विभिन्न व्यक्तिलाई पक्राउ गर्ने र केही दिनमा छोडिदिने गरेकाले त्यसको प्रत्यक्ष असर प्रहरी प्रशासनमा परेको छ । हुन त सीआइबीले कतिपय घटनाको सुक्ष्म अध्ययन र अनुसन्धान पनि गरेको छ । तर पछिल्लो समयका केही घटनालाई लिएर सीआइबी आलोचित पनि भएको छ ।

बिनाआधार र बिनाप्रमाण पक्राउ परेका नेता, उद्योगी, व्यावसायी, बैंकरलगायतका पक्राउ घटनाले सीआइबीको फितलो गतिविधिलाई संकेत गरेको छ । सीआइबीले कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपाध्यक्ष विक्रम पाण्डे, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमुबी) का प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योतिप्रकाश पाण्डेलगायतलाई सीआइबीले अनुसन्धान गर्ने भन्दै पक्राउ गरेको थियो । उनीहरुलाई प्रमाण नपुगेको भन्दै छोडियो । नेपालको प्रहरी यतिसम्म सफल छ कि उसले चाहेको खण्डमा जस्तोसुकै घटनाको पनि अनुसन्धान गर्न सक्ने क्षमता राख्दछ, यसले प्रहरीको विश्वसनीयता बढाएको छ ।

कार्की कात्तिक २४ गते नेपालको ३३ औं आइजीपी नियुक्त भएका हुन् । तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले उनलाई आइजीपीमा नियुक्त गरेपछि उनले आफ्नो जिम्मेवारी कुशलतापूर्वक वहन गर्दै आएका छन् । कठिनाइका बीच पनि गत फाल्गुण २१ गतेको प्रतिनिधिसभाको निर्वाचन धाँधलीरहित ढंगले गरेपछि आइजीपी कार्कीको चर्चा झन् चुलिएको हो ।

निर्वाचन गराउन सरकारले देखाएको सक्रियतामा प्रहरी प्रशसनले पनि साथ दिएको थियो । प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्यालसँगै प्रहरीका आइजीपी कार्कीको अथक मिहनेतले निर्वाचन सम्पन्न भएको हो । पहिले हुने गरेका निर्वाचनमा कतिपय उम्मेदवारले धाँधलीको आरोप लगाउने गरेका थिए, कतै बुथ क्याप्चरको पनि कुरा आउँथ्यो भनें यसपालि न त यस्तो आरोप लाग्यो न त कतै दोहो¥याएर निर्वाचन नै गर्नुप¥यो । निर्वाचनलाई सम्पन्न गर्न निर्वाचन आयोगका साथै सशस्त्र प्रहरीको र आर्मीको पनि उत्तिकै भूमिका रहेको थियो ।

बढ्दो संगठित अपराध, जटिल प्रकृतिका घटना र अनुसन्धानमा विशिष्टीकरणको आवश्यकता महसुस गर्दै २०६७ साउन १ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को स्थापना भएको हो । दैनिक शान्तिसुरक्षा र नियमित गस्तीमा खटिने प्रहरी एकाइहरूलाई गम्भीर तथा संगठित अपराधको अनुसन्धान गर्न पर्याप्त समय र स्रोत नहुने हुँदा छुट्टै विशेष निकायको खाँचो महसुस गरी सीआइबीको स्थापना भएको थियो । सीआइबीको पहिलो निर्देशक एसएसपी राजेन्द्र सिंह भण्डारी थिए ।

नेपाल प्रहरीको औपचारिक स्थापना २०१२ मा ’प्रहरी ऐन’ जारी भएपछि भएको हो । यसअघि १९७१ सालमा चन्द्र शमशेरले ’पुलिस सवाल’ जारी गरी वीरगञ्जमा सुरक्षा व्यवस्था सुम्पेका थिए । तोरण शमशेर जवरा नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) बनेका थिए । प्रहरीको ‘सत्य सेवा सुरक्षणम्’ मुख्य नारा रहेको छ । २००७ सालको राजनीतिक परिवर्तनपछि सैन्य संरचनामा आधारित रही प्रहरी संगठनलाई व्यवस्थित बनाउन थालियो । २०१२ सालमा प्रहरी ऐन लागू भएसँगै यसलाई पूर्णरूपमा गैर–सैनिक प्रहरी संगठनको रूपमा विकास गरियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अवैध बाटोबाट विदेश गएकाको उद्धारमा जटिल, १२ लाखको सीमा राखेर कार्यविधि बन्दै

अवैध बाटोबाट विदेश गएकाको उद्धारमा जटिल, १२ लाखको सीमा राखेर कार्यविधि बन्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १८:२५

काठमाडौं । अवैध बाटोबाट विदेश गएर अलपत्र परेका वा ज्यान...

तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा सफलतापूर्वक निकालियो

तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा सफलतापूर्वक निकालियो

वि.सं.२०८३ भदौ २ मंगलवार १८:२२

काठमाडौं । नर्भिक इनटरनेशनल हस्पिटलमा तीन महिनाका बालकको पेटमा अड्किएको...

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

वि.सं.२०८३ भदौ २ मंगलवार १४:०४

काठमाडौं । शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७...

धर्म र पहिचानको मुद्दामा देउवाको ‘रणनीतिक पुनरागमन’: कांग्रेसभित्र र राजनीतिमा तरंग

धर्म र पहिचानको मुद्दामा देउवाको ‘रणनीतिक पुनरागमन’: कांग्रेसभित्र र राजनीतिमा तरंग

वि.सं.२०८३ भदौ २ मंगलवार ११:०५

काठमाडौं । पाँच महिनाको विदेश बसाइपछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री तथा...

बाजुरामा भारी वर्षा सहितको बाढीले विभिन्न ठाउँमा क्षती, साँफे–मार्तडी राजमार्ग अवरुद्ध 

बाजुरामा भारी वर्षा सहितको बाढीले विभिन्न ठाउँमा क्षती, साँफे–मार्तडी राजमार्ग अवरुद्ध 

वि.सं.२०८३ भदौ २ मंगलवार १०:५६

बाजुरा । बाजुरामा गएराती परेको भारी वर्षाका कारण विभिन्न ठाउँमा...

नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढ्यो

नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढ्यो

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:२४

काठमाडौं । नेपालको प्रमुख तथा सर्वाधिक व्यस्त सडकखण्डमध्ये एक नारायणगढ–मुग्लिन...