back
himalayan life

जनयुद्वका शहीद परिवारले घेरे मधेश प्रदेशको गृह मन्त्रालय

जनकपुर । जनयुद्धका क्रममा शहीद भएकाहरुको परिवारजनले मधेश प्रदेशस्थित गृह, सञ्चार तथा कानुन मन्त्रालय घेराउ गरेका छन् । मधेश प्रदेशका आठवटै जिल्लाका जनआन्दोलन शहीद परिवारजनले विहीबार जनकपुरधामस्थित गृह मन्त्रालय अगाडि धर्ना दिका छन् ।

मूल गेटमै धर्ना दिएका कारणले कर्मचारीहरुसमेत आवतजावत गर्न समस्या भएको छ । कार्यकक्ष भित्रका कर्मचारी बाहिर निस्कन सकेका छैनन् भने बाहिरका कर्मचारी भित्र प्रवेश गर्न कठिन भएको छ ।

विगतमा मधेश प्रदेश सरकारले वार्षिक तीन लाख रुपंैयाँ जनही शहीद परिवारलाई दिँदै आएकामा गत वर्षदेखि सरकारले विभेदपूर्ण रुपमा रकम वितरण गरेको मधेशी शहीद प्रतिष्ठानका अध्यक्ष मनोज प्रसाद पटेलले जानकारी दिए ।

उनका अनुसार सरकारले भने अनुसार पाउनुपर्ने सबै सहीद परिवारले रकम नपाएको, कतिपयले एक लाख र कतिले दई लाख रुपैयाँ मात्र पाएको बताए ।

अध्यक्ष पटेलका अनुसार सरकारले शहीद परिवारहरुलाई पनि वर्गीकरण गरेर विभेद गर्दै आएको छ । सरकारले जेनजी आन्दोलन, मधेश आन्दोलन, जनयुद्धलगायत जुनसुकै शहीदलाई समान मानेर शहीद परिवारलाई सेवा सुविधा उपलब्ध गराउनुपर्ने अध्यक्ष पटेलको भनाइ छ ।

जुनसुकै समय र परिस्थितिमा सहादत दिएको भएपनि आखिर राष्ट्रकै लागि शहीद भएकाले सरकारले सम्पूर्ण शहीदहरुलाई समान र विना भेदभावको नजरले हेर्नुपर्ने अध्यक्ष पटेलको भनाइ छ । सरकारले तोकेको रकम सम्पूर्ण शहीद परिवारले पाउनु पर्ने भन्दै गृहमन्त्रालय घेराउ गरेको अध्यक्ष पटेलले जानकारी दिए ।

गृह मन्त्रालयले कुनै निर्णय नगरेसम्म आफूहरु धर्ना जारी राख्ने उनले बताए । आगामी बजेटमा पनि सम्पूर्ण शहीद परिवारलाई एकमुष्ट रकम उपलब्ध हुनेगरी बजेट बनाउन जनयुद्धका शहीद परिवारजनको माग छ ।

यता गृह, सञ्चार तथा कानुनमन्त्री बाहिर गएको मन्त्रालयका कर्मचारीले जानकारी दिए । गृहमन्त्री फर्किने समय यकिन नभएकाले शहीद परिवारका सदस्यहरु अहिले पनि धर्नामै छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रविधिको प्रयोग बढाउँदै काठमाडौंमा ‘फेसलेस ट्राफिकिङ’, सीसीटिभीबाटै ५० प्रतिशतसम्म कारबाही

प्रविधिको प्रयोग बढाउँदै काठमाडौंमा ‘फेसलेस ट्राफिकिङ’, सीसीटिभीबाटै ५० प्रतिशतसम्म कारबाही

वि.सं.२०८३ असार २३ मंगलवार १९:२१

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक...

प्रधानमन्त्री शाह र एडीबीका अध्यक्षबीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री शाह र एडीबीका अध्यक्षबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार २३ मंगलवार १३:०७

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष...

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण

वि.सं.२०८३ असार २३ मंगलवार १२:५१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा...

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व अनिवार्य

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व अनिवार्य

वि.सं.२०८३ असार २२ सोमवार १६:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र...

नागार्जुन – ८ मा व्यक्तिको जग्गामा अनाधिकृत रुपमा खनियो सडक, वडाध्यक्ष भन्छन्,‘ मलाई थाहा छैन’

नागार्जुन – ८ मा व्यक्तिको जग्गामा अनाधिकृत रुपमा खनियो सडक, वडाध्यक्ष भन्छन्,‘ मलाई थाहा छैन’

वि.सं.२०८३ असार २२ सोमवार १५:३०

काठमाडौँ । विकासको नाममा विना योजना, विना मुआब्जा र विना...

निरन्तर सवारी दुर्घटनाले सडक सुरक्षामाथि प्रश्न, एक सातामै तीन ठूला सडक दुर्घटना

निरन्तर सवारी दुर्घटनाले सडक सुरक्षामाथि प्रश्न, एक सातामै तीन ठूला सडक दुर्घटना

वि.सं.२०८३ असार २२ सोमवार १०:३९

काठमाडौं । देशका विभिन्न जिल्लामा एक साताभित्र भएका तीन ठूला...