प्रधानमन्त्री र समानुपातिक सांसदबीच भोलि सिंहदरबारमा अन्तरक्रिया हुँदै
वि.सं.२०८३ वैशाख १ मंगलवार
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका समानुपातिक सांसदहरूसँग भोलि (बुधबार) विशेष अन्तरक्रिया गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्याह्न १२ बजे उक्त कार्यक्रम तय गरिएको छ।
अन्तरक्रियामा माननीय सांसदहरूले आ–आफ्नो क्लस्टरका विद्यमान समस्या, चुनौती र समाधानका सम्भावित उपायबारे प्रधानमन्त्रीसमक्ष प्रत्यक्ष धारणा राख्नुहुनेछ। जनप्रतिनिधि र कार्यपालिकाबीच सीधा संवादमार्फत नीति निर्माण र कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। यस छलफललाई सुशासन र जनमुखी शासन प्रणाली सुदृढ गर्ने एक महत्त्वपूर्ण खुड्किलोका रूपमा हेरिएको छ।
प्रकाशित समय : २१:५१ बजे




















