back

भक्तपुरमा आठ दिन नौ रातसम्म मनाइने बिस्का जात्रा आजबाट सुरु

nactional life

काठमाडौं । भक्तपुरमा बिस्का जात्राको भव्य तयारीका साथ आज (शुक्रबार)बाट सुरु भएको छ । आठ दिन नौ रातसम्म मनाइने यो ऐतिहासिक जात्रा धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ ।

जात्राको पहिलो दिन आज साँझ पाँचतल्ले मन्दिर अगाडिको तौमडी क्षेत्रबाट भद्रकालीको रथलाई घट्खा टोलतर्फ लगिनेछ । साथै, भैरवनाथको रथ ‘भैलखः’ तानातान गर्दै जात्राको औपचारिक सुरुवात गरिनेछ ।

अब आगामी नौ दिन भक्तपुर शहर जात्राको रौनकमा झुम्नेछ । परम्पराअनुसार काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैलखःमा भैरवनाथ र बेताल देवतालाई विराजमान गराई थने (माथिल्लो) र क्वने (तल्लो) टोलतर्फ तान्ने गरिन्छ ।

भैलखः तान्नु अघि रथमा खड्ग, तरवार र निशान राख्ने चलन छ । जात्राको मुख्य आकर्षण नै यही रथ तानातान हो, जहाँ दुई टोलका बासिन्दा आ–आफ्नो क्षेत्रतर्फ रथ तान्न प्रतिस्पर्धा गर्छन् ।

पहिलो दिन पाँचतल्ले मन्दिर प्रांगणबाट भैलखःलाई अगाडि पाँच र पछाडि चारवटा डोरी प्रयोग गरी थने र क्वनेका बासिन्दाले तान्ने परम्परा रहेको छ ।

जात्राको पहिलो दिन ‘देव कोहन बिज्यगु’ मनाइन्छ, जसमा भैरव र भद्रकालीलाई रथमा विराजमान गराई शहरको तल्लो भागतर्फ तानिन्छ । यस क्रममा ‘टग अफ वार’ जस्तो प्रतिस्पर्धात्मक माहोल सिर्जना हुने गर्दछ ।

तौमडी स्क्वायर (पाँचतल्ले मन्दिर अगाडि) बाट सुरु हुने रथयात्रा भक्तपुरको सांस्कृतिक पहिचानको प्रमुख आकर्षण मानिन्छ । बिस्का जात्रा विशेषगरी नयाँ वर्षको आगमनसँग जोडिएको परम्परागत उत्सव हो, जसले भक्तपुरको ऐतिहासिक र सांस्कृतिक महत्वलाई झल्काउँछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एलडीसी ग्राजुएसन तत्काल नहुने भन्दै प्रधानमन्त्रीले दिए चीनको उदाहरण

एलडीसी ग्राजुएसन तत्काल नहुने भन्दै प्रधानमन्त्रीले दिए चीनको उदाहरण

वि.सं.२०८३ जेठ १७ आइतवार १४:१५

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल ‘लिस्ट डभेलप कन्ट्री’बाट तत्काल...

नेपालको सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छ : प्रधानमन्त्री बालेन

नेपालको सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छ : प्रधानमन्त्री बालेन

वि.सं.२०८३ जेठ १७ आइतवार १३:५९

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालको विवादित भूभागबारे भारत र...

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

वि.सं.२०८३ जेठ १७ आइतवार १३:५६

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (शाह) बालेनले भदौ २३ र २४...

संसदमा हात उठाउँदै प्रधानमन्त्रीले मागे समय

संसदमा हात उठाउँदै प्रधानमन्त्रीले मागे समय

वि.सं.२०८३ जेठ १७ आइतवार १३:५४

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका...

स्वेच्छिकरुपमा सामाजिक सुरक्षा भत्ता त्याग्न सरकारले अभियान चलाउने

स्वेच्छिकरुपमा सामाजिक सुरक्षा भत्ता त्याग्न सरकारले अभियान चलाउने

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:१२

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग्न अभियान...

बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दै

बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दै

वि.सं.२०८३ जेठ १५ शुक्रवार १४:४५

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पास गर्न मन्त्रिपरिषद्...