back

मधेश काठमाडौं जोड्ने एउटा उदाहरणीय कार्यक्रम

काठमाडौं । मधेशी अनि पहाडी बासी वीचका बिभेदको खाडललाई पुर्ने उद्देश्यका साथ आइतबार काठमाडौंमा एउटा कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंबासीले तराईबासी सांसदलाई सम्मान साथ बधाई दिएको छ।

राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) बाट महोतरी क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित सांसद् उज्ज्वलकुमार झालाई मुल घर भक्तपुर भई हाल काठमाडौ वस्ने समाजसेवी मन्जित मल्ल प्रधानांगको परिवारले सम्मान अनि वधाई दिएका हुन् ।

जहाँं मधेशवादी अनि उपत्यकाबासी साथै देशका विभिन्न भागका विशिष्ट व्यक्तित्वहरु सहभागी थिए। कार्यक्रममा विजयी सांसद् नेता मात्रै थिएनन् आयोजकतर्फका समाजसेवीहरुको उपस्थिती थियो ।

कार्यक्रममा नवनिर्वाचित सांसद् झाले आफूले मधेशलाई काठमाडौंसँंग जोड्न चाहेको बताएका छन्। आफूलाई सम्मान अनि बधाई दिन आयोजित कार्यक्रममा नवनिर्वाचित सांसद् झाले त्यसका लागि आफूले सेतुको रुपमा काम गर्न बताए । उनले मधेश, तराई पहाड हामी सवै नेपाली हुनुपर्नेमा विशेष जोड दिए ।

कार्यक्रममा भक्तपुर विकास समितिका अध्यक्ष राजुमृगेन्द्र जोशीले नवनिर्वाचित सांसद् झालाई मायाको चिनो प्रदान गरे । आयोजक मन्जित मल्ल प्रधानांगले हिमाल, पहाड, तराई हामी सवै नेपाली भन्ने भाबका साथ अगाडि वढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा अन्य विभिन्न विशिष्ट व्यक्तित्वहरुले पनि आआफनो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन भ्रष्टाचार विरोधी अभियन्ता प्रेमध्वज मोक्तानले गरेका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...