पश्चिम नवलपरासी–१ मा अर्बपति विनोद चौधरी पराजित, रास्वपा खनाल विजयी
वि.सं.२०८२ फागुन २४ आइतवार
काठमाडौं । नेपालका सबैभन्दा धनी अर्बपति विनोदकुमार चौरधरी पराजित भएका छन् । नेपाली कांग्रेसको तर्फबाट पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा चुनावी मैदानमा होमिएका चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विक्रम खनालले हराएका हुन् ।
उनले नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरीलाई ३५ हजार ७३९ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । खनालले ४५ हजार २४१ मत पाउँदा चौधरीले ९ हजार ५०२ मत पाएका छन् ।
प्रकाशित समय : १०:५६ बजे




















