back
national life

बालेन नेपालकै सबैभन्दा कान्छो प्रधानमन्त्री बन्दैछन्

बालेन शाहको उदयलालई नेपाली राजनीतिमा नयाँ पुस्ताको उदय र परिवर्तनको संकेतका रुपमा चित्रण गरेको छ ।

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ५ बाट पूर्वप्रधानमन्त्री केपी ओलीसँग झन्डै ५० हजार मतान्तरमा जित हासिल गरेका छन् ।

बालेनले ६८ हजार ३ सय ४८ मत ल्याएका ल्याउँदा ओलीको १८ हजार ७ सय ३४ मत मात्र आएको छ । जेनजी आन्दोलन पश्चात नेपालमा भएको यस निर्वाचनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समेत प्राथमिकता दिएर समाचारहरु सम्प्रेषण गरिरहेका छन् । सोहि प्राथमिकताको केन्द्रमा छन प्रस्तावित भावी प्रधानमन्त्रीका उम्मेद्वार बालेन ।

बेलायती समाचार एजेन्सी रोयर्टसले ‘नयाँ शैलीको चुनावी अभियानः बालेन शाहलाई सत्ताको नजिक पु¥याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी’ शिर्षकमा समाचार छापेको छ । रास्वपाको चुनावी शैली र बालेनको जितलाई रोयर्टसले पारम्परिक राजनीतिमाथि चुनौतीका रुपमा विश्लेषण गरेको छ ।

युवा केन्द्रित रणनीति, सामाजिक सञ्जालको व्यापक प्रयोग र विदेशमा रहेका नेपालीहरूको आर्थिक सहयोगका कारण यो अभियानले देशभर चर्चा पाएको उल्लेख छ । रोयर्टसका अनुसार रास्वपाको चुनावी अभियानको केन्द्रमा ‘रिसर्च, स्ट्राटेजी एण्ड डकुमेन्टेशन विभाग’ रहेको थियो । ११ सदस्यीय बोर्डले सञ्चालन गर्ने यस विभागअन्तर्गत करिब ३०० कार्यकर्ता तीन राष्ट्रिय समूहमा विभाजित भएर काम गरिरहेका थिए । उनीहरूले चुनावी रणनीति बनाउने, सभा–¥याली आयोजना गर्ने, अनलाइन सामग्री तयार पार्ने र देशभरबाट आउने प्रतिक्रिया संकलन गर्ने काम गरेका थिए ।

‘शाहले चुनावी अभियानका क्रममा प्रत्येक आठ दिनमा एउटा मुख्य सम्बोधन गर्ने रणनीति अपनाएका थिए । यसले एउटा भाषणलाई सामाजिक सञ्जालमा फैलिन पर्याप्त समय मिल्ने भएकाले सन्देश स्पष्ट र प्रभावकारी बनेको पार्टीका एक अधिकारीले बताएका छन,‘ रोयर्टसले लेखेको छ । ‘पार्टीको ६६० सदस्यीय सामाजिक सञ्जाल टोलीले ती भाषण र कार्यक्रमहरूलाई देशभर फैलाउने काम गरेको थियो ।’

बीबीसी विश्वसेवाले भने बालेनलाई राजनेताको रुपमा चित्रण गरेको छ । ओलीसँगको जितपछि बीबीसीले ‘¥यापर–राजनेता बालेन्द्र शाह नेपालका आगामी प्रधानमन्त्री बन्ने दिशातर्फ अघि बढ्दै’ शिर्षकमा समाचारमा मुख्य समाचार लेखेको छ । बालेनले चुनावी अभियानका क्रममा गाडिको सनरुफबाट माथि निस्केर आफ्ना समर्थकहरुसँग हात मिलाएको फोटो समेत छाप्दै यसपटकको निर्वाचनले नेपालको राजनीतिक दिशामै ठूलो परिवर्तन ल्याएको उल्लेख गरेको छ ।

सामान्यतया सञ्चारमाध्यमबाट टाढा रहने बालेन शाहले चुनावी अभियानका क्रममा फाइनान्सियल टाइम्ससँग,‘म सम्पूर्ण नेपालका लागि उम्मेदवार हुँ ।’ भनेर कुनै एक निर्वाचन क्षेत्र भन्दापनि सम्पूर्ण नेपालको प्रतिनिधित्व लिन खोजेको बीबीसीले बताएको छ । यसपटकको निर्वाचनले नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरु गर्ने सम्भावना बढाएको बारेमा बीबीसीले इंगित गरेको छ ।

भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले केपी शर्मा ओलीलाई आफ्नै क्षेत्रमा पराजित गर्दै बालेन शाह विजयी, नेपालकै सबैभन्दा कान्छो प्रधानमन्त्री बन्ने तयारी शिर्षकमा समाचार छापेको छ । गत बिहीबार सम्पन्न निर्वाचन र त्यसपछिका परिणामलाई रोयर्टसले पछिल्ला वर्षहरूकै सबैभन्दा महत्वपूर्ण राजनीतिक घटनाक्रमका रुपमा विश्लेषण गरेको छ ।

भारतको समाचार एजेन्सी एएनआईले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन जितको अवसरमा बालेन शाहलाई बधाई दिएको समाचारलाई प्राथमिकताका साथ छापेको छ । ओलीसँगको ठूलो मतान्तरसहितको जितसँगै बालेन संघीय संसदको तल्लो सदन प्रतिनिधिसभामा प्रवेश गरेको उल्लेख गर्दै शाह अब प्रधानमन्त्री बन्ने लगभग सुनिश्चित भएको एएनआईले लेखेको छ ।

रास्वपाका नेताहरूले बालेनकै नेतृत्वमा नयाँ सरकार गठन हुने विश्वास व्यक्त गरेको उल्लेख गरिएको छ । ¥याप गायकबाट राजनीतिमा प्रवेश गरेका उनी युवामुखी नेतृत्व, सुशासन र भ्रष्टाचारविरुद्धको अभियानका कारण उनले देशभर ठूलो समर्थन पाएको र उनको यो जित नेपाली राजनीतिमा नयाँ पुस्ताको उदयको संकेतका रूपमा हेरिएको एएनआईले लेखेको छ ।

यस्तै, एशोसियट प्रेस (एपी) ले बालेन शाहको उदयलालई नेपाली राजनीतिमा नयाँ पुस्ताको उदय र परिवर्तनको संकेतका रुपमा चित्रण गरेको छ । ओलीभन्दा झण्डै चार गुणा बढी मत प्राप्त गर्दै ठूलो अन्तरले विजय हासिल गरेका शाहको उदय परम्परागत राजनीतिक दलप्रति बढ्दो जनआक्रोशको लहरका रुपमा समेत व्याख्या गरेको छ ।

Corporatebazar 11 Anniversary
national life

कर्णालीको चुनावी नतिजा : रास्वपालाई पत्याएनन् मतदाताले, रहेन कम्युनिस्ट ‘गढ’

कर्णालीको चुनावी नतिजा : रास्वपालाई पत्याएनन् मतदाताले, रहेन कम्युनिस्ट ‘गढ’

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२८

सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामले कर्णालीमा पूराना दलहरुका...

पशुपति मन्दिर क्षेत्रमा ‘नन्द–भाउजु’को दादागिरी

पशुपति मन्दिर क्षेत्रमा ‘नन्द–भाउजु’को दादागिरी

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२४

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि श्राद्ध गर्ने भक्तजनहरूको चहलपहल...

समानुपातिकतर्फ ७९ लाख मतगणना गर्दा रास्वपालाई मात्रै ३८ लाख बढी मत

समानुपातिकतर्फ ७९ लाख मतगणना गर्दा रास्वपालाई मात्रै ३८ लाख बढी मत

वि.सं.२०८२ फागुन २५ सोमवार १०:३५

काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७९...

महिलाको सम्मान र समान अवसरबिना लोकतन्त्र सुदृढ हुँदैन : प्रधानमन्त्री

महिलाको सम्मान र समान अवसरबिना लोकतन्त्र सुदृढ हुँदैन : प्रधानमन्त्री

वि.सं.२०८२ फागुन २४ आइतवार ११:२०

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले महिलाको अधिकार, न्याय र समान...

पश्चिम नवलपरासी–१ मा अर्बपति विनोद चौधरी पराजित, रास्वपा खनाल विजयी

पश्चिम नवलपरासी–१ मा अर्बपति विनोद चौधरी पराजित, रास्वपा खनाल विजयी

वि.सं.२०८२ फागुन २४ आइतवार १०:५६

काठमाडौं । नेपालका सबैभन्दा धनी अर्बपति विनोदकुमार चौरधरी पराजित भएका...

५ वटा पार्टी मात्रै राष्ट्रिय दल बन्ने देखियो

५ वटा पार्टी मात्रै राष्ट्रिय दल बन्ने देखियो

वि.सं.२०८२ फागुन २४ आइतवार १०:३०

काठमाडौं । समानुपातिक प्रणालीमा देशभरि करिब २५ प्रतिशत मतगणना भइरहँदा पाँच...