back

५ वटा पार्टी मात्रै राष्ट्रिय दल बन्ने देखियो

काठमाडौं । समानुपातिक प्रणालीमा देशभरि करिब २५ प्रतिशत मतगणना भइरहँदा पाँच वटा राजनीतिक दलहरू मात्रै ‘राष्ट्रिय दल’ बन्न अग्रसर देखिएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपका एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका हुन् ।प्रतिनिधिसभामा राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिकमा तीन सिट कटाउनुपर्छ ।

रास्वपा, कांग्रेस, एमाले अहिलेकै अवस्थामा राष्ट्रिय दल बनिसकेका छन् । अब गणना हुने ठाँउमा कुनै मत नपाएपछि उनीहरू राष्ट्रिय दल बन्नेछन् । किनभने उनीहरूले कुल खसकेको मतकै अनुपातमा तीन प्रतिशत कटाइसकेका छन् । नेकपाले अहिले करिब साढे ६ प्रतिशत मत पाइसकेको छ । तर अन्यत्र उसले कति मत पाउछ ? त्यसका आधारमा बाँकी अवस्था तय हुनेछ ।

करिब एक करोड १० लाख मत खसेको अनुमान गर्दा थ्रेसहोल्ड कटाउन ३ लाख भन्दा बढी मत पाउनुपर्ने देखिन्छ, नेकपाले अहिले एक लाख ६६ हजार मतमात्रै पाएको छ ।

राप्रपाले अहिले करिब साढे ३ प्रतिशत मत अर्थात ९१ हजार मतमात्रै पाएको छ । उसले राष्ट्रिय दलको मान्यता पाउन अहिलेको अनुपातलाई कायम राखेर बाँकी रहेका ठाँउमा मत ल्याउनुपर्छ । यी दलहरूले राष्ट्रिय दलको मान्यता पाउन चाहिने प्रत्यक्षतर्फको एक सिट जितिसकेका छन् ।

राष्ट्रिय दलको मान्यता पाउन थ्रेसहोल्डको सीमा नजिक रहेको दल हो, श्रम संस्कृति पार्टी नेपाल । सुनसरी–१ बाट प्रतिस्पर्धा गरिरहेका अध्यक्ष हर्क साङ्पाङले अग्रता लिइरहेका छन् र मतगणना सकिने क्रममा छ ।तर समानुपातिकका लागि भने उसलाई अहिलेको भन्दा बढी अनुपातको मत चाहिन्छ, किनभने अहिलेको आंकडा हेर्दा श्रम संस्कृति पार्टीले दुई प्रतिशत मतमात्रै पाएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१६

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक...

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्...

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०६

सुर्खेत । सल्यानको शारदा नगरपालिकाले बसपार्क उद्घाटन गर्ने भन्दै नगरपालिकाभर...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

वि.सं.२०८३ वैशाख ९ बुधवार ०८:५६

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:३१

काठमाडौँ । नेपालको धितोपत्र बजारमा प्रभावशाली व्यवसायीहरूले कानुनविपरीत 'उधारो'मा सेयर...

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:२२

काठमाडौं । नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ...