back

अधिकारका लागि लड्नुपर्छ भन्ने कुरा बुझेनन् भने अधिकार सुरक्षित हुन सक्दैन : अध्यक्ष ओली

nactional life

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा शान्ति, सुशासन र विकास सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन् ।

नेसनल भोलेन्टियर फोर्स कोशी युनिफाइड कमान्ड घोषणा सभामा बोल्दै उनले देशमा शान्ति, सुशासन र विकास चाहने शक्तिहरुले विशेष ख्याल गर्नुपर्ने बताए । उनले राज्य संयन्त्रमा मात्रै भर परेर जनशक्तिको अर्थ बुझेनन् भने, अधिकारका लागि लड्नुपर्छ भन्ने कुरा बुझेनन् भने अधिकार सुरक्षित हुन नसक्ने पनि बताए ।

उनले भने, ‘नेकपा एमाले देशमा शान्ति चाहन्छ । एमालेले देश पहिले भन्छ । देशमा सुशासन र विकासका लागि लोकतान्त्रि प्रणाली र त्यस अन्तरगतका प्रयासहरुलाई अगाडि बढाउनुपर्छ । राज्य संयन्त्रमाथि मात्रै जनता भरपर्यो भने, राज्य संयन्त्रमाथि मात्रै देशभक्त शक्तिहरु भर पर्यो भने, राज्य संयन्त्रमाथि मात्रै लोकतान्त्रिक शक्तिहरु भर परे भने, प्रगतिवादी शक्तिहरु भर परे भने देशमा शान्ति, सुशासन र विकास चाहने शक्तिहरु राज्य संयन्त्रमा मात्रै भर परेर जनशक्तिको अर्थ बुझेनन् भने अधिकारका लागि लड्नुपर्छ भन्ने कुरा बुझेनन् भने अधिकार सुरक्षित हुन सक्दैन ।’

साथै उनले नेकपा एमाले शान्ति चाहने र पहिले देश चाहने पार्टी भएको बताए । उनले विगतमा भएको हिंसात्मक घटनाको स्मरण गर्दै घर, कार्यालय, संसद भवन र सर्वोच्च अदालत जलेको बताए।
उनले विगतमा भएको हिंसात्मक घटनाको स्मरण गर्दै भने, ‘हाम्रा घर, कार्यालय, संसद र सर्वोच्च अदालत जले। सिंहदरवारमा आक्रमण भयो । नगरपालिका, गाउँपालिकाहरु, उद्योग र रोजगारीका अवसरहरु नष्ट भए । अब हामी कसैलाई पनि यस्तो अनुमति दिने छैनौं । सर्वोच्च अदालत, प्रहरी कार्यालय वा सिंहदरवारमा आक्रमण गर्न दिइने छैन ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

वि.सं.२०८३ जेठ २५ सोमवार १४:१८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले...

मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला

मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला

वि.सं.२०८३ जेठ २४ आइतवार १६:५३

काठमाडौं। नेपालमा मात्र पाईने एकमात्र चरा काँडेभ्याकुर मधेश प्रदेशमा पहिलो...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

सर्वोच्चको नजिर: धितो रोक्कामा प्रक्रियागत त्रुटि देखाएर जमानीकर्ता दायित्वबाट उम्कन नमिल्ने

सर्वोच्चको नजिर: धितो रोक्कामा प्रक्रियागत त्रुटि देखाएर जमानीकर्ता दायित्वबाट उम्कन नमिल्ने

वि.सं.२०८३ जेठ २४ आइतवार १६:३५

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले कर्जा सुरक्षाका लागि राखेको...

फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

वि.सं.२०८३ जेठ २४ आइतवार ११:२५

काठमाडौँ । आगामी फिफा विश्वकप २०२६ लाई अझ तीव्र, अनुशासित...

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०९:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...