back

मकवानपुरमा रास्वपालाई ठूलो झट्का, जिल्ला सभापतिनै कांग्रेसमा प्रवेश

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुली पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस सभापति गगनकुमार थापाले पराजुलीलाई आज बिहान सर्लाहीमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेका हुन्। उनीसंगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर-२ का चुनावी संयोजक निराजन बर्तौला पनि काङ्ग्रेसमा फर्किएका हुन्।

पराजुली २०७९ को प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट रास्वपाको उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा पराजुलीले १२ हजारभन्दा बढी मत प्राप्त गरेका थिए । मकवानपुरको मनहरी गाउँपालिका निवासी पराजुली मकवानपुरको पश्चिम क्षेत्रमा राम्रो पकड भएका नेता मानिन्छन् । यसपटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाबाट टिकटको प्रमुख दावेदार रहेपनि पछि आएकालाई टिकट दिएपछि पराजुली असन्तुष्ट बनेका थिए ।

मकवानपुरमा पार्टी निर्माणमा योगदान गरेकालाई पाखा लगाएर पछि आएकालाई टिकट दिएको भन्दै रास्वपाका धेरै कार्यकर्ता असन्तुष्ट भएका छन्।

कांग्रेस प्रवेश गरेपछि पराजुलीले रास्वपामा बसेर सच्चा राजनीति गर्न नसकिने देखिएकाले कांग्रेसमा फर्किएको बताए । उनले भने, ‘रास्वपाको संगठन विस्तारमा धेरै दुःख गरेँ, तर त्यो पार्टी दुःख गर्नेका लागि होइन रहेछ, पुँजीवादी सोच भएको पार्टीमा बस्न मन नलागेर कांग्रेसमा फर्किएँ।’ रास्वपा जानुअघि पराजुली कांग्रेसमै थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विश्व आदिवासी दिवसको भब्य तयारी, खुलामञ्चमा ३५ हजार आदिवासी जनजातिको जमघट हुने

विश्व आदिवासी दिवसको भब्य तयारी, खुलामञ्चमा ३५ हजार आदिवासी जनजातिको जमघट हुने

वि.सं.२०८३ साउन १० आइतवार १६:४५

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३२औँ विश्व...

के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?

के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?

वि.सं.२०८३ साउन १० आइतवार १५:५९

एजेन्सी । अमेरिकन हार्ट एसोसिएसनले सार्वजनिक गरेको नयाँ वैज्ञानिक अध्ययन...

अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध 

अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध 

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:४५

काठमाडौं । देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षा र पहिरोका...

इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल 

इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल 

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:४३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस...

सडक होइन, नीति नै भद्रगोल छ, पूर्वाधार बिना नियम लागू नगर्नुहोस : सरोज सिटौला

सडक होइन, नीति नै भद्रगोल छ, पूर्वाधार बिना नियम लागू नगर्नुहोस : सरोज सिटौला

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:४१

काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले नेपालको...

राधेराधेको खण्डहर १७ तले महल : ‘गोविन्दाको भवन’ले चिनियो तर वास्तविकता रहस्यमै 

राधेराधेको खण्डहर १७ तले महल : ‘गोविन्दाको भवन’ले चिनियो तर वास्तविकता रहस्यमै 

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:३९

भक्तपुर । बिहानको व्यस्त समय। राधेराधे चोकमा सवारीसाधनको लामो लाइन...