back
national life

नेसनल प्याब्सन काठमाडौँ जिल्ला समितिको वार्षिक साधारण सभा सम्पन्न, प्रतिवेदन र कार्ययोजना सर्वसम्मत पारित

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९नेसनल प्याब्सन० काठमाडौँ जिल्ला समितिको वार्षिक साधारण सभा बुधबार जोसेफ हाई स्कुलको सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रम नेसनल प्याब्सन केन्द्रीय समितिका निवर्तमान अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यता तथा केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारीको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा केन्द्रीय सचिव बिक्रम ढुकुछु, सचिव तेन्जिङ भुटिया, केन्द्रीय सदस्य विनय श्रेष्ठ र राजेश्वर तिवारी, बागमती प्रदेश अध्यक्ष नारायणकुमार कार्की, नेसनल प्याब्सन भक्तपुर अध्यक्ष पुण्यराम कवान, बुढानिलकण्ठ नगर समिति अध्यक्ष सुदीप काफ्ले, काठमाडौँ महानगर समिति अध्यक्ष नीलमणि भट्टराई लगायतको उपस्थिति रहेको थियो।

साथै बागमती प्रदेश तथा काठमाडौँ जिल्ला र महानगर समितिका पदाधिकारीहरू, बुढानिलकण्ठ नगर समितिका प्रतिनिधिहरू, विभिन्न सदस्य विद्यालयका प्राचार्यहरू, उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं। ४ का प्रतिनिधिसभा उम्मेदवार जे।बी। दीपक अधिकारीसमेत कार्यक्रममा सहभागी भएका थिए।

साधारण सभाले संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा वार्षिक कार्ययोजना सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ। सोही अवसरमा नेसनल प्याब्सन बागमती प्रदेश समिति, काठमाडौं जिल्ला समिति तथा काठमाडौं महानगर समितिलाई पूर्णता दिइएको पनि जानकारी गराइएको छ।

कार्यक्रममा प्रमुख अतिथि पाण्डव हमाल, विशेष अतिथि सूर्यबहादुर अधिकारी तथा अतिथिहरू बिक्रम ढुकुछु, तेन्जिङ भुटिया, नारायण कार्की, पुण्यराम कवान, सुदीप काफ्ले, नीलमणि भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै संगठनको वर्तमान गतिविधि र आगामी दिशा सम्बन्धमा आ–आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा नेसनल प्याब्सन काठमाडौं जिल्ला उपाध्यक्ष ईश्वर केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव प्रकाश अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए।

सभा नेसनल प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष होमबहादुर अधिकारी (मनोज) को सभापतित्वमा सम्पन्न भएको थियो।

national life
gaugauma singhadarbar

भक्तपुर क्षेत्र १ मा रोचक प्रतिस्पर्धा : बलियो पकड बनाएको नेमकिपालाई नयाँ दलहरुको चुनौति

भक्तपुर क्षेत्र १ मा रोचक प्रतिस्पर्धा : बलियो पकड बनाएको नेमकिपालाई नयाँ दलहरुको चुनौति

वि.सं.२०८२ माघ २९ बिहीवार १९:२४

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै...

रौतहटको नमुना सामुदायिक वनमा आगलागीः १ करोड बढीको काठ नष्ट

रौतहटको नमुना सामुदायिक वनमा आगलागीः १ करोड बढीको काठ नष्ट

वि.सं.२०८२ माघ २९ बिहीवार १८:२१

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–२, जुडिबेलास्थित नमुना सामुदायिक वन उपभोक्ता...

चैत्र १ देखि प्याब्सनको कक्षा–१२ प्रि–बोर्ड परीक्षा हुने, सदस्य विद्यालयलाई अनिवार्य सहभागिता हुन निर्देशन

चैत्र १ देखि प्याब्सनको कक्षा–१२ प्रि–बोर्ड परीक्षा हुने, सदस्य विद्यालयलाई अनिवार्य सहभागिता हुन निर्देशन

वि.सं.२०८२ माघ २९ बिहीवार १६:४०

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले...

भदौ २३ र २४ को घटनाका दोषी जोसुकै भए पनि कारबाही हुनु पर्छ : राजन भट्टराई

भदौ २३ र २४ को घटनाका दोषी जोसुकै भए पनि कारबाही हुनु पर्छ : राजन भट्टराई

वि.सं.२०८२ माघ २९ बिहीवार १३:२८

काठमाडौँ । नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर...

कालिकोटमा विरासत जोगाउने दाउमा कम्युनिष्ट पार्टी, ‘लालकिल्ला’ भत्काउने कसरतमा काँग्रेस

कालिकोटमा विरासत जोगाउने दाउमा कम्युनिष्ट पार्टी, ‘लालकिल्ला’ भत्काउने कसरतमा काँग्रेस

वि.सं.२०८२ माघ २८ बुधवार १८:३२

सुर्खेत । बहुलदलीय व्यवस्था पछि सुरुको एक निर्वाचन बाहेक कालिकोटमा...

देशमा निर्णय र नेतृत्व क्षमतामा कमजोरी देखिएको छ : उम्मेदवार दाहाल

देशमा निर्णय र नेतृत्व क्षमतामा कमजोरी देखिएको छ : उम्मेदवार दाहाल

वि.सं.२०८२ माघ २८ बुधवार १७:२९

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार लेखनाथ दाहालले...