back
national life

चैत्र १ देखि प्याब्सनको कक्षा–१२ प्रि–बोर्ड परीक्षा हुने, सदस्य विद्यालयलाई अनिवार्य सहभागिता हुन निर्देशन

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कक्षा–१२ का लागि सञ्चालन गरिने प्याब्सन एसएलसीप्रि–बोर्ड परीक्षा–२०८२ आगामी चैत्र १ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ।

प्याब्सन केन्द्रीय परीक्षा विभागको माघ २४ गते बसेको बैठकले विगत वर्षहरूझैं यस वर्ष पनि प्रि–बोर्ड परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। सो निर्णयबारे केन्द्रीय कार्यसमितिले प्रदेश तथा जिल्ला कार्यसमितिहरूलाई पत्रमार्फत जानकारी गराएको छ।

केन्द्रीय कार्यसमितिका महासचिव आरबी कटवालले प्याब्सन आबद्ध सम्पूर्ण सदस्य विद्यालयहरूलाई उक्त परीक्षा अनिवार्य रूपमा सञ्चालन गरी सहभागी हुन निर्देशन दिएका छन्। उनले परीक्षा व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण तयारी समयमै सम्पन्न गर्न सम्बन्धित विद्यालय र निकायलाई आग्रह गरेका छन्।

प्याब्सनका अनुसार परीक्षा तालिका तथा अन्य विस्तृत विवरण आगामी सूचनामार्फत सार्वजनिक गरिनेछ। यस वर्षको प्रि–बोर्ड परीक्षा व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न संगठनले विशेष ध्यान दिएको जनाएको छ।

national life
gaugauma singhadarbar

भक्तपुर क्षेत्र १ मा रोचक प्रतिस्पर्धा : बलियो पकड बनाएको नेमकिपालाई नयाँ दलहरुको चुनौति

भक्तपुर क्षेत्र १ मा रोचक प्रतिस्पर्धा : बलियो पकड बनाएको नेमकिपालाई नयाँ दलहरुको चुनौति

वि.सं.२०८२ माघ २९ बिहीवार १९:२४

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै...

रौतहटको नमुना सामुदायिक वनमा आगलागीः १ करोड बढीको काठ नष्ट

रौतहटको नमुना सामुदायिक वनमा आगलागीः १ करोड बढीको काठ नष्ट

वि.सं.२०८२ माघ २९ बिहीवार १८:२१

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–२, जुडिबेलास्थित नमुना सामुदायिक वन उपभोक्ता...

नेसनल प्याब्सन काठमाडौँ जिल्ला समितिको वार्षिक साधारण सभा सम्पन्न, प्रतिवेदन र कार्ययोजना सर्वसम्मत पारित

नेसनल प्याब्सन काठमाडौँ जिल्ला समितिको वार्षिक साधारण सभा सम्पन्न, प्रतिवेदन र कार्ययोजना सर्वसम्मत पारित

वि.सं.२०८२ माघ २९ बिहीवार १६:४३

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९नेसनल...

भदौ २३ र २४ को घटनाका दोषी जोसुकै भए पनि कारबाही हुनु पर्छ : राजन भट्टराई

भदौ २३ र २४ को घटनाका दोषी जोसुकै भए पनि कारबाही हुनु पर्छ : राजन भट्टराई

वि.सं.२०८२ माघ २९ बिहीवार १३:२८

काठमाडौँ । नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर...

कालिकोटमा विरासत जोगाउने दाउमा कम्युनिष्ट पार्टी, ‘लालकिल्ला’ भत्काउने कसरतमा काँग्रेस

कालिकोटमा विरासत जोगाउने दाउमा कम्युनिष्ट पार्टी, ‘लालकिल्ला’ भत्काउने कसरतमा काँग्रेस

वि.सं.२०८२ माघ २८ बुधवार १८:३२

सुर्खेत । बहुलदलीय व्यवस्था पछि सुरुको एक निर्वाचन बाहेक कालिकोटमा...

देशमा निर्णय र नेतृत्व क्षमतामा कमजोरी देखिएको छ : उम्मेदवार दाहाल

देशमा निर्णय र नेतृत्व क्षमतामा कमजोरी देखिएको छ : उम्मेदवार दाहाल

वि.सं.२०८२ माघ २८ बुधवार १७:२९

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार लेखनाथ दाहालले...