back
national life

कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले मतदाता नामावली प्रकाशन,मतदाता नामावली उपरको दावी विरोध,मनोनयन दर्तादेखि मतपरिणाम घोषणसम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । जसअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुनेछ ।

निर्वाचन कार्यतालिकाअनुसार मंगलबार दिउँसो १२ः३० बजे प्रथम मतदाता नामावली प्रकाशन,१२ः३० देखि १ः३० बजेभित्र मतदाता नामावली उपरको दावी विरोध र सो उपर छानविनको समय तोकेको छ । यस्तै २ बजे अन्तिम मतदाता नामावली प्रकाशन,२ बजेदेखि ३ बजेसम्म मनोनय पत्र दर्ताको समय निर्धारण गरेको छ ।

कार्यतालिका अनुसार ४ः३० बजे उम्मेदवारको नेपाली वर्णानुक्रमाअनुसार देवनागरिक लीपीमा प्रथम नामावली प्रकाशन हुनेछ । यस्तै ४ः३० देखि ५ बजेसम्म उम्मेदावरीमाथि दावी विरोध,५ बजेदेखि ५ः३० सम्म उम्मेदवारीमाथिको दावी विरोधको छानविन, ५ः३० देखि ७ः३०सम्म उम्मेवारको मनोनयन दर्ता फिर्ता, ८ः४५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र ९ बजेदेखि मतदान सुरू हुनेछ ।

यसैगरी नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता शुल्क समेत तोकिएको छ । केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका, ०८२ को अनुसूची–७ बमोजिम विभिन्न पदका लागि मनोनयन शुल्क निर्धारण गरेको हो ।

निर्वाचन समितिका अनुसार सभापति पदका उम्मेदवारले मनोनयन दर्ता गर्दा ३० हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । त्यस्तै केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ, सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ तथा केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ।

national life
gaugauma singhadarbar

आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम हुने

आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम हुने

वि.सं.२०८२ फागुन ३ आइतवार १०:११

काठमाडौं । आजदेखि फागुन १७ गतेसम्म देशभर मतदाता शिक्षा कार्यक्रम...

महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै

महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै

वि.सं.२०८२ फागुन ३ आइतवार १०:०६

काठमाडौं । फाल्गुन कृष्ण चतुर्दशीका अवसरमा आज देशभर महाशिवरात्रि पर्व...

‘धेरै फलोर्स भए भन्दैमा चुनाव जितिन्छ भनेर बालेनले नसोचे हुन्छ’ : युवानेता सापकोटा

‘धेरै फलोर्स भए भन्दैमा चुनाव जितिन्छ भनेर बालेनले नसोचे हुन्छ’ : युवानेता सापकोटा

वि.सं.२०८२ फागुन १ शुक्रवार २०:०८

काठमाडौं। नेकपा एमालेका युवा नेता तथा वागमति प्रदेश कमिटीका सल्लाहकार...

असुरक्षा भएको भन्दै अरनिको यातायातले रोक्यो मन्थलीबाट चल्ने गाडी

असुरक्षा भएको भन्दै अरनिको यातायातले रोक्यो मन्थलीबाट चल्ने गाडी

वि.सं.२०८२ फागुन १ शुक्रवार १७:१६

रामेछाप । नेपाल अरनिको यातायात सेवा प्रालिले काठमाडौं खुर्कोट हुँदै...

गौर करदाता सेवा कार्यालय सार्न खोजेपछि तनाव : व्यापारीद्वारा बजार बन्द र प्रदर्शन

गौर करदाता सेवा कार्यालय सार्न खोजेपछि तनाव : व्यापारीद्वारा बजार बन्द र प्रदर्शन

वि.सं.२०८२ फागुन १ शुक्रवार १६:५३

रौतहट । गौरस्थित करदाता सेवा कार्यालय खारेज गरी त्यहाँका महत्वपूर्ण...

युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व र राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति

युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व र राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति

वि.सं.२०८२ फागुन १ शुक्रवार १६:५२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय...