back

रोशी खोलाको बाढीले बगाएको बिपी राजमार्गमा पुनः निर्माणकार्य तीव्र

रोशी खोलाको बाढीले बिपी राजमार्ग अवरुद्ध हुँदा रामेछाप, काभ्रे र सिन्धुली हुँदै काठमाडौं–तराई र कोशी प्रदेशका जिल्लाहरूमा आवतजावतमा समस्या भएको छ।

nactional life

रामेछाप । असोज १७, १८ र १९ गतेको अविरल वर्षाले आएको बाढीले बगाएको बिपी राजमार्गको डाइभर्सन पुनः निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ।

लगातार तीन दिनको वर्षाले रोशी खोलामा आएको असामान्य बाढीले राजमार्गका विभिन्न भाग क्षतिग्रस्त बनाएको थियो। अब स्थानीय तह र सडक डिभिजन कार्यालयहरूको समन्वयमा पुनः निर्माण कार्य सुरु भएको हो।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सिमानास्थल चौकीडाँडाबाट डाइभर्सन निर्माण कार्य सुरु गरिएको छ। खोलाको बहाव केही घटेपछि सोमबारदेखि सडक पुनः निर्माणको काम अगाडि बढाइएको उनले बताए। ‘डाइभर्सन बनाउनका लागि स्थानीयहरू, प्रहरी र ठेकेदार कम्पनीका कर्मचारीहरू निरन्तर खटिएका छन्,’ अध्यक्ष लामाले भने ।

सडक डिभिजन कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दु अधिकारीका अनुसार स्थानीय तहहरूको सक्रिय समन्वयमा डाइभर्सन पुनः निर्माण कार्य अघि बढाइएको हो। उनका अनुसार हाल खोलाको धार भित्तासम्म टाँसिएको र सडक खोलाको किनारै किनार लैजानुपर्ने भएकाले काम निकै चुनौतीपूर्ण बनेको छ। ‘पानी अझै पनि पूर्ण रूपमा घटेको छैन, त्यसैले जोखिम मूल्याङ्कन गर्दै निर्माण अघि बढाइरहेका छौँ,’ उनले बताइन्।

यता, बिपी राजमार्गको सिन्धुली खण्डमा पनि पुनः निर्माण सुरु गरिएको छ। सडक डिभिजन कार्यालय खाल्टेका प्रमुख पारसमणि हमालका अनुसार नेपालथोक क्षेत्रमा सोमबारदेखि डाइभर्सन निर्माण सुरु गरिएको हो। बाढीले सडकको भाग बगाएपछि खोलाको धारलाई अन्यत्र मोड्दै सडकलाई पुनः निर्माण गर्न प्रयास भइरहेको उनले बताए।

‘खोलाको धार डाइभर्ट गरेर बगाएको ठाउँ पुरेर सडक बनाउन सुरु गरिएको छ,’ प्रमुख हमालले भने, ‘डोजर र टिफर प्रयोग गरेर फिलिङ कार्य भइरहेको छ, बिहानदेखि राति १० बजेसम्म काम भइरहेकाले आज र भोलिभित्र यातायात सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ, दुई दिन भित्र सिन्धुलीको भाग क्लियर हुन्छ’, उनले भने ।

उनका अनुसार, बिपी राजमार्गको सिन्धुली जिल्ला भित्र पर्ने बर्खे खोलादेखि नेपालथोकसम्मको क्षेत्रमा दुई स्थानमा ठुलो क्षति भएका छन्। तीमध्ये एक स्थानमा गत वर्षको बाढीले बगाएको अस्थायी सडक पुनः बगाएको छ भने, यस वर्ष अर्को करिब ५ सय मिटर सडकमा थप क्षति पुगेको छ। बाढीले खोलाको धार सडकतिर फर्काइदिँदा स्थायी संरचना निर्माण गर्नु कठिन बनेको उनले बताए। बाढिले बिगारेको सडक एक हप्ता भित्र बन्ने आँकलन गरिएको छ ।

रोशी खोलाको बाढीले बिपी राजमार्ग अवरुद्ध हुँदा रामेछाप, काभ्रे र सिन्धुली हुँदै काठमाडौं–तराई र कोशी प्रदेशका जिल्लाहरूमा आवतजावतमा समस्या भएको छ। वैकल्पिक बाटो नजिकै नभएकाले यात्रुहरू लामो बाटो परिक्रमा गर्न बाध्य भएका छन्।

सडक विभागकाले बिपी राजमार्गको बाढीले बगाएको ठाउँमा नयाँ पक्की सडक निर्माणको काम पनि अघि बढाएको छ । गएको वर्षा असोजमा आएको बाढीले क्षति पुर्याएको ठाउँमा पक्की सडक निर्माणको लागि टेण्डर लागि सकेको छ । निर्माण कम्पनीले यस वर्ष कम्तीमा बेसको काम गर्ने भएकाले अर्को वर्षबाट यस्तो समस्या नआउने हमालले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...