back

‘किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

५० को दशकमा उनले चढ्ने गरेको बा २ च १८४२ नम्बरको जिप पनि आगो लगाइयो । सँगै रहेको किसुनजीको माटोको अर्धकदको प्रतिमा फुटाएर मात्र फ्याकिएन आन्दोलनकारीले नै लात्तालै हान्दै घिसार्दै केही पर लगेर आगो लगाइदिएका थिए ।

nactional life

काठमाडौं । पद, पैसा र ‘पावर’को मोह त्यागेर आदर्श, निष्ठा र कर्मलाई अँगाल्ने दुर्लभ राजनीतिज्ञ थिए कृष्णप्रसाद भट्टराई ।

नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्री र सभामुख जस्ता उच्च पदमा पुगेका भट्टराईको जीवनशैली, त्याग, तपस्या र इमान्दारिता आज पनि नेपाली राजनीतिमा प्रेरणाका स्रोत बनेका छन् ।
जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्न नेतृत्वदायी भूमिका खेलेका भट्टराई नेपाली कांग्रेसका संस्थापक नेतामध्ये एक थिए । उनले देश र जनताको लागि थोरै दिन पुगे पनि जुन योगदान दिए, ती सबै ऐतिहासिक र अविस्मरणीय छन् ।

भट्टराईको जीवनशैली नै नेपाली राजनीतिमा उनले स्थापित गरेको एक उच्चकोटीको राजनीतिक संस्कार हो । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि तत्कालीन राजा वीरेन्द्रसँग लौहपुरुष गणेशमान सिंहसँगै नारायणहिटी पुगेका भट्टराई सिंहकै सिफारिसमा अन्तरिम प्रधानमन्त्री बनेका थिए ।

राजा वीरेन्द्रले सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गर्दा उनले भट्टराईजस्ता विद्वान्, निष्ठावान् र त्यागी व्यक्तिलाई उपयुक्त ठहर गर्दै प्रधानमन्त्रीमा सिफारिस गरेका थिए । त्यसपछि ०४६ सालको अन्तरिमकाल र २०५६ मा गरी दुईपटक प्रधानमन्त्री भएका अविवाहित उनले सन्त नेताको परिचय बनाएका थिए ।

आफ्नो नाममा जमिन र सम्पत्ति नजोडेका उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट ०४८ वैशाखमा आफूसँग भएको टिनको बाकस(ट्यांक्का), सुराही र छाता बोकेर बाहिरिएका थिए ।
त्यसपछि उनकै लागि भनेर सरकारले बाँडेगाउँमा पाँच रोपनी जमिनमा भवनहरु निर्माण गरेको थियो । जसलाई किसुनजी आश्रमका रुपमा चिनिदै आएको थियो । उपचारको क्रममा २०६७ फागुन २० मा अस्पतालमा निधन भएपछि उक्त आश्रम केही सहयोगीहरुको रेखदेखमा थियो ।

तर भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा भएको हिंसात्मक प्रदर्शनका क्रममा उक्त आश्रममा आगजनी गरियो । भ्रष्टाचारविरुद्धको भनिएको उक्त आन्दोलनको उद्देश्यविपरित गोदावरी नगरपालिका–१४ ललितपुरको बाँडेगाउँ रहेको उक्त आश्रमलाई खरानी बनाइएकोमा धेरैले आपत्ति समेत जनाएका छन् ।

सुशासन पक्षमा जीवनभर लडेका एक निष्ठावान नेताको नाममा रहेको टिनको बाकस, सुराही र छाता समेत बाँकी नराखी आन्दोलनकारीहरुले जलाइदिएको गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीले जानकारी दिइन् । ‘उनीहरु आन्दोलनको उद्देश्य अनुरुप नै आएका थिएनन् ।

स्थानीयबासीले पटक पटक आग्रह गर्दापनि छाडेनन् र आश्रम खरानी बनाइदिए,’ उनले भनिन् ।
प्रत्यक्षदर्शीका अनुसार आश्रममा रहेका कतिपय महत्वपूर्ण सामग्रीहरु आन्दोलनकारीले लगेर गएका छन् । ५० को दशकमा उनले चढ्ने गरेको बा २ च १८४२ नम्बरको जिप पनि आगो लगाइयो । सँगै रहेको किसुनजीको माटोको अर्धकदको प्रतिमा फुटाएर मात्र फ्याकिएन आन्दोलनकारीले नै लात्तालै हान्दै घिसार्दै केही पर लगेर आगो लगाइदिएका थिए ।

निवर्तमान मन्त्री एवम कांग्रेस नेता प्रकाशमान सिंहले बाँडेगाउँमा कृष्णप्रसाद भट्टराईको घरमा आगजनी गरिनुको पछाडि जेनजीको आन्दोलनका नाममा दलहरुले गरेको योगदान मेटाउन खोजिएको बताए ।

आश्रम परिसरमा सानाठूला गरेर पाँच वटा भवन रहेको आश्रमको भित्री भाग तथा त्यहाँ रहेका सबै सामान, किताब, उपहार, विदेशीसँगको भेटघाट र छलफल गरेका फोटा तथा नेपाली कांग्रेसका ऐतिहासिक कागजातहरु सबै जलेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०९:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

लिजियान–१ क्यारियर रकेट : पाँचवटा उपग्रहहरू अन्तरिक्षमा

लिजियान–१ क्यारियर रकेट : पाँचवटा उपग्रहहरू अन्तरिक्षमा

वि.सं.२०८३ जेठ २१ बिहीवार २०:३९

एजेन्सी । चीनको लिजियान १ क्यारियर रकेटले उच्च–फ्रिक्वेन्सी प्रक्षेपण गरेको...

भ्रष्टाचार नियन्त्रणका लागि दण्ड मात्र होइन, अनुकूल प्रणाली पनि आवश्यक : गगन थापा

भ्रष्टाचार नियन्त्रणका लागि दण्ड मात्र होइन, अनुकूल प्रणाली पनि आवश्यक : गगन थापा

वि.सं.२०८३ जेठ २१ बिहीवार २०:१७

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भ्रष्टाचार नियन्त्रणका लागि...

मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

वि.सं.२०८३ जेठ २१ बिहीवार ०९:३८

मुगु । नेपालको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल आसपासका व्यापारीहरुले...

आफ्नै नेताको बचाउ गर्न रास्वपाका सांसदहरुले भूमि मिचेको प्रमाण खोजेर हिडेका छन्

आफ्नै नेताको बचाउ गर्न रास्वपाका सांसदहरुले भूमि मिचेको प्रमाण खोजेर हिडेका छन्

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:२२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु...

प्रधानमन्त्रीले सदनमा आएर माफि नमागे सदन चल्न नदिने विपक्ष दलको चेतावनी

प्रधानमन्त्रीले सदनमा आएर माफि नमागे सदन चल्न नदिने विपक्ष दलको चेतावनी

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:२१

काठमाडौं । प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै...