back
skip this gaugauma singhadarbar

जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या ३०, १ हजार ३३ जना घाइते

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । देशका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार मृतकको संख्या ३० पुगेको हो ।

हालसम्मको पछिल्लो अपडेट अनुसार ट्रमा सेन्टरमा ८ जना, सिभिल अस्पतालमा ६ जना, एभरेष्ट हस्पिटल र फ्रन्टलाइन हस्पिटलमा ३–३ जना, केएमसी अस्पतालमा २ जना र टिचिङ अस्पतालमा एकको उपचारको क्रममा मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार उपत्यकाका बाहिर बाँकेको भेरी अस्पतालमा ५ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना गरी ७ जनाको मृत्यु भएको छ । बाँकेमा मृत्यु भएका ५ जना भने नौबस्तामा रहेको क्षेत्रीय कारागार तथा बाल सुधार गृहका रहेको बताइएको छ । आन्दोलनका क्रममा मृत्यु हुने ३ प्रहरीबाहेक अरुको नाम प्रहरीले आधिकारीक रुपमा सार्वजनिक गरेको छैन ।
स्वास्थ्य मन्त्रालयका अनुसार आन्दोलनका क्रममा १०३३ जना प्रदर्शनको क्रममा घाइते भएका छन् । त्यस्तै ७१३ जना डिस्चार्जपछि घर फर्किएका छन् भने २५३ जना भने अहिले पनि उपचारत रहेको मन्त्रालयले जानकारी दिएको छ ।


छिमेकीले विन्ती गर्दागर्दै पनि जलाए गर्भनरको घर, निशानामा थिए विष्णु पौडेल

छिमेकीले विन्ती गर्दागर्दै पनि जलाए गर्भनरको घर, निशानामा थिए विष्णु पौडेल

वि.सं.२०८२ भदौ २६ बिहीवार १५:५८

काठमाडौं । ललितपुरको भैंसैपाटीमा नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौैडेल...

अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ, नगद, हतियार र लुटिएको सामग्री बरामद

अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ, नगद, हतियार र लुटिएको सामग्री बरामद

वि.सं.२०८२ भदौ २५ बुधवार १२:५७

काठमाडौं । नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरू देशव्यापी रूपमा परिचालन...

नेपाली सेनाले गर्‍यो संयमता अपनाउन अपिल

नेपाली सेनाले गर्‍यो संयमता अपनाउन अपिल

वि.सं.२०८२ भदौ २४ मंगलवार १८:१६

काठमाडौं । नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा...

प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले दिए राजीनामा

वि.सं.२०८२ भदौ २४ मंगलवार १४:३३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्...

जेनजी आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

जेनजी आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

वि.सं.२०८२ भदौ २३ सोमवार १७:१४

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते...

संसद् भवनभित्र यसरी छिरे प्रदर्शनकारी (फाेटाे)

संसद् भवनभित्र यसरी छिरे प्रदर्शनकारी (फाेटाे)

वि.सं.२०८२ भदौ २३ सोमवार १५:५७

जेन-जी प्रदर्शनकारी नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा पसेका छन् । उनीहरू...