back

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

nactional life

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा सोमबार त्रिभुवन विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्रा.डा. पेशल दाहालले पुस्तक विमोचन गरेका हुन् । यो पुस्तक विश्वमा सभ्यताको विकास हुनुभन्दाअघिका मानिसहरुको जीवनशैली र उनीहरुले विकास गरेको संस्कृतिमा केन्द्रित रहेको लेखक श्रेष्ठको भनाइ छ ।

संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रले प्रकाशन गरेको यो श्रेष्ठको दोस्रो पुस्तक हो । यसभन्दाअघि २०७९ सालमा अध्ययन केन्द्रले नै श्रेष्ठको हिमालयको उत्पत्ति नामक पुस्तक प्रकाशन गरेको थियो ।

हाल अमेरिकाको फ्लोरिडा विश्वविद्यालयमा विद्यावारिधि गर्दै गरेका श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको भूगर्भ शास्त्र केन्द्रीय विभाग र नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागबाट स्नातकोत्तर सम्पन्न गरिसकेका छन् । उनले यस पुस्तकमा पृथ्वीमा जीवहरुको उत्पत्ति र विकासक्रमसँगै विभिन्न समयमा मानिसहरुले विकास गरेका प्रविधिहरुको बारेमा सरल नेपाली भाषामा सामग्री प्रस्तुत गरेका छन् ।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्राडा दाहालले आफूले केही दशकअघि नै लेखेका प्राग् इतिहाससम्बन्धी पुस्तकमा धेरै सूचनाहरु अद्यावधिक गरेर पुस्तक तयार पारिएको बताए । अहिलेको समयमा नेपालमा प्राग् ऐतिहासिक अध्ययन निकै कम मात्रामा भएको भन्दै पुरातत्व र भूगर्भशास्त्र दुवै पढेका श्रेष्ठले यसमा राम्रो योगदान दिन सक्ने उनको बुझाइ थियो । दाहालले यो पुस्तक पुरातत्व र भूगर्भ शास्त्रका विद्यार्थी एवं अध्येताका लागि त झनै उपयोगी हुने बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका पूर्वप्रमुखहरू प्राडा मदन कुमार रिमाल, प्राडा सोमप्रसाद खतिवडा, सहप्राडा सन्ध्या खनाल पराजुली, भूगर्भशास्त्र केन्द्रीय विभागका प्राडा कविलाश पौडेललगायतले पुस्तकका लेखक र पुस्तकमाथि टिप्पणी गरेका थिए ।

कार्यक्रममा पुरातत्व विभागका पूर्वमहानिर्देशक भेषनारायण दाहाल, त्रिवि संस्कृति विभागका अध्यापक एवं विद्यार्थी र काठमाडौं महानगरपालिकाका २०८०/८१ का सम्पदाका लागि युवा र बालबालिका स्वयंसेवकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै आयोजक संस्था संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रका अध्यक्ष सुदर्शन अर्यालले केन्द्र पछिल्लो समय नेपाली इतिहास र पुरातत्वको अध्ययन अनुसन्धानमा सक्रिय रहेको भन्दै यस्ता कृतिहरुको प्रकाशनमा संस्थाले विशेष प्राथमिकता दिने बताए । अध्ययन केन्द्रले जागरुक युवाहरुलाई समेटेर नयाँ ढंगले अनुसन्धान गर्दै अघि बढेको बताए।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...