back
himalayan life

रेखाको मत माग्ने तरिका नै बेग्लै

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको छ ।

पार्टी नेतृत्वले सर्वसम्मतको प्रयास गरे पनि सर्वसम्मत हुन नसकेपछि आज निर्वाचन हुने भएको हो । अनेरास्ववियुको केन्द्रीय सचिवमा रेखा न्यौपानेले उम्मेदवारी घोषणा गरेकी छिन् । लामो समयदेखि राजनीति गर्दै आएकी उनले अनेरास्ववियुलाई सवल, सक्षम र सबैको आशाको केन्द्र बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताएकी छिन् । ‘संगठनलाई राम्रो बनाउनका लागि मैले सचिवको ठाउँबाट भूमिका खेल्न सक्छु भन्ने हो’ उनले भनिन् ‘सबैको सल्लाहले नै म सचिवमा अघि बढेको हुँ ।’

उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ‘प्रिय प्रतिनिधिहरू, साथीहरू, अग्रज र शुभचिन्तकहरू, विप्लवले होइन, विचारले समाज परिवर्तन हुन्छ भन्ने अडान हो । संगठन, संघर्ष र समर्पणको यात्रामा म विगत लामो समयदेखि अनेरास्ववियुमा क्रियाशील छु । आन्दोलनको अग्रपंक्तिमा बसेर, संगठनका विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै मैले पार्टी र विद्यार्थी आन्दोलनप्रति निरन्तर योगदान दिँदै आएको छु । अनेरास्ववियुको २४ औं महाधिवेशनमा मैले सचिव पदमा आफ्नो उम्मेदवारी दर्ता गरेको छु । म तपाईँहरूको विश्वास र समर्थनका साथ अनेरास्ववियुलाई अझ सुदृढ, विचारशील र संगठनात्मक रूपमा सबल बनाउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । म तपाईंहरू सबै प्रतिनिधिहरूको अमूल्य मत र समर्थनको अपेक्षा गर्दछु । सचिव पदको जिम्मेवारी पाउँदा म विचार र संगठनलाई प्राथमिकतामा राखेर जिम्मेवारी पूरा गर्ने छु । तपाईको एक मतले विचारको लहरलाई सशक्त बनाउने छ र नेतृत्वमा स्पष्ट दिशा दिने छ ।’

उनले सबैसँग सहयोगको अपेक्षा गर्दै भनेकी छिन् ‘ हिजोको आन्दोलनमा म थिएँ, आज पनि छु । भोलिको नेतृत्व तपाईको साथमा हुने छ तर आज मत तपाईंले दिनुपर्ने छ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

वि.सं.२०८३ असार ९ मंगलवार १३:५८

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर...

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

वि.सं.२०८३ असार ९ मंगलवार १३:५६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३/०८४ का...