back

नेप्सेमा सामान्य अंकको गिरावट, १९ कम्पनीको सेयर मूल्इमा सकिट लाग्दा कारोबार रकममा नयाँ रेकर्ड

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से सामान्य घटेर बन्द भएको छ । यद्यपी कारोबार रकमले भने नयाँ इतिहास रचेको छ ।
बिहीबार नेप्से १.२० अंक घटेर २८१५.४० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.२८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२६ अंक घटेको छ।

यो दिन काराबोरमा आएका २१५ कम्पनीको १ लाख ४७ हजार ४९३ पटकको कारोबारमा १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँ बराबरको ४ करोड १८ लाख १३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिनको कारोबार रकम हालसम्मकै उच्च हो। यस अघि गत सोमबार १३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाएको थियो।

नेप्सेमा सामान्य करेक्सन देखिएपनि यस दिन १९ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सर्किट लेभलमा कारोबार हुनेमा सबै जलविद्युत कम्पनीहरु रहेका छन्। त्यसैगरी, यस दिन शेयरमूल्य ओरालो लाग्ने कम्पनीहरुको शीर्ष स्थानमा लघुवित्त कम्पनीहरु रहेका छन्। राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनको प्रभाव यस दिन शेयर बजारमा देखिएको हो।

यस दिन कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.७२ प्रतिशत बढेको छ भने जलविद्युतको ४.५७ प्रतिशत, विकास बैंकको ३.४३ प्रतिशत र वित्तको २.२८ प्रतिशत बढेको छ। यता लघुवित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.४१ प्रतिशत घटेको छ। त्यसैगरी, अन्य उपसमूहको परिसूचक १.०८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अपि पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण काबेली र चिलिमेको ३७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

२०७८ जेठ १३ गते प्रकाशित


शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

वि.सं.२०८२ वैशाख १६ मंगलवार १८:५५

काठमाडौं । काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलन स्थगित हुने छाँटकाँट छैन्...

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

वि.सं.२०८२ वैशाख १६ मंगलवार १३:०५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एउटा शिक्षक...

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:५१

काठमाडौं । नेपाल सरकारको आ. व. २०८२/०८३ को नीति तथा...

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:४१

सिरहा । सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालय एक जना प्रहरी...

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:३६

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकका माग पूरा...

हाथवे इन्भेष्टमेन्ट नेपालको नाफा घट्यो

हाथवे इन्भेष्टमेन्ट नेपालको नाफा घट्यो

वि.सं.२०८२ वैशाख १६ मंगलवार १०:४२

काठमाडौं । हाथवे इन्भेष्टेमन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा...