back
himalayan life

प्रभु इन्स्योरेन्सको ५ प्रतिशत लाभांश पारित

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २८ औँ वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । तीनकुने काठमाडौंस्थित कम्पनीको केन्द्रीय कार्यालय ‘प्रभु कम्प्लेक्स’ मा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/०८० को आर्थिक प्रतिवेदन पारित गरेको छ ।

कम्पनीले प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनश सेयर तथा बोनश सेयरमा लाग्ने कर बापत ०.२५ प्रतिशत नगद लाभांश गरि जम्मा ५ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको छ ।वार्षिक साधारण सभाले कम्पनीको संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा राहुल थोकर लामा तथा मिजास भट्टचनलाई सर्वसम्मत रुपमा चयन गर्नुका साथै सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा रामेश्वर सापकोटा, राजेन्द्र मल्ल र साङ्गे लामालाई निर्वाचित गरेको छ ।

त्यसैगरी कम्पनीलेनेपाल बीमा प्राधिकरणबाट तोकिए बमोजिमको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनका लागि स्वीकृत बोनश सेयर बितरण पश्चात कायम हुने चुक्ता पूँजीको ५०.१५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष कुसुम लामाले कम्पनीको वासलात, नाफा नोक्सान हिसाब प्रस्तु गरेकी थिइन् । उनले कम्पनीले निरन्तर रुपमा आफ्नो व्यवसाय वृद्धि गर्दै संस्थागत शुशासन, आन्तरिक नियन्त्रण प्रणालीमा सुदृढीकरण र जोखिम व्यवस्थापनलाई न्यूनीकरण गर्नेतर्फ विशेष ध्यान दिई कार्य अगाडी बढाइ सूचना प्रविधि नै आधुनिक बीमाको आधारशिला तथा ग्राहक वर्गको सन्तुष्टिको मुख्य आधार भएकोलाई मनन् गर्दै सूचना प्रविधिलाई सबल र विश्वसनीय बनाउनका लागि आवश्यक निति तर्जुमा गरी सूचना प्रविधि, जोखिम व्यवस्थापन र कर्मचारी व्यवस्थापनलाई सुदृढिकरण गर्दै लगिएको जानकारी गराइन् ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

वि.सं.२०८३ असार ५ शुक्रवार ११:३६

काठमाडौं । नेपाल राष्ट्र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार १७:०१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...