back

६६ खर्ब ९६ अर्ब पुग्यो वाणिज्य बैंकहरूको सम्पत्ति, कुन बैंकको कति छ सम्पत्ति ? (लिस्टसहित)

काठमाडौं । वाणिज्य बैंकहरुको कुल सम्पत्ति ६६ खर्ब पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा २० वटा बैंकहरुको कुल सम्पत्ति ६५ खर्ब ९६ अर्ब ८१ करोड ५ लाख रुपैयाँ पुगेको छ ।

यो गत वर्षको चैत मसान्तसम्मको तुलनामा भने ६ खर्ब ८१ अर्ब ७२ करोड रुपैयाँ ( ७ .२९ प्रतिशत) बढी हो । गत आवको तेस्रो त्रैमासमा बैंकहरुसँग कुल ५९ खर्ब १५ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको थियो ।

बैंकको सम्पत्ति गणना गर्दा हरेक बैंकमा भएको नगद तथा नगद सामान, नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात, व्युत्पन्न (डेरिभेटिभ) वित्तीय उपकरणहरुलाई लिने गरिन्छ ।

यसका साथै अन्य व्यापारिक सम्पत्ति, वित्तीय संस्थालाई दिएको कर्जा सापटी, ग्राहकलाई दिएको कर्जा सापटी, लगानी सुरक्षण पत्र, चालू कर सम्पत्ति, सहायक कम्पनीमा लगानी, सम्बद्ध कम्पनीमा लगानी, लगानी सम्पत्ति, सम्पत्ति तथा उपकरण, ख्याती तथा अमूर्त सम्पत्ति, स्थगन कर सम्पत्ति र अन्य सम्पत्तिलाई लिने गरिन्छ ।

सम्पत्तिकै आधारमा शीर्ष सूचीमा ग्लोबल आइएमई र नबिल बैंक छन् । सबैको भन्दा बढी ग्लोबल आइएमई बैंकको छ ।

हाल बैंकसँग ५ खर्ब ५२ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ बराबरको सम्पत्ति छ । दोस्रो सूचीमा रहेको नबिल बैंकसँग ५ खर्ब १९ अर्ब ३८ करोड २८ लाख रुपैयाँ सम्पत्ति छ ।

सम्पत्तिकै आधार तेस्रो ठुलो बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ । बैंकसँग हाल ४ खर्ब ७८ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बराबरको सम्पत्ति छ।

यता, सरकारी स्वामत्विमा रहेको राष्ट्रिय वाणिज्य बैंक चौंथो स्थानमा छ । हाल बैंकसँग ४ खर्ब १५ अर्ब ५८ करोड २ लाख रुपैयाँ बराबरको सम्पत्ति छ।

पाँचौं स्थानमा रहेको एनआइसी एशिया बैंकसँग पनि ४ खर्ब ३घ अर्ब ६१ करोड २३ लाख रुपैयाँ बराबरको सम्पत्ति छ ।

यता, कुमारी बैंकसँग ३ खर्ब ९५ अर्ब ७९ करोड ८५ लाख, लक्ष्मी सनराइजसँग ३ खर्ब ७९ अर्ब ४९ करोड ७३ लाख, हिमालयन बैंकसँग ३ खर्ब ५९ अर्ब ६१ करोड ७६ लाख, प्रभुसँग ३ खर्ब ४४ अर्ब ६६ करोड ३ लाख, नेपाल बैंकसँग ३ खर्ब १४ अर्ब ५६ करोड ४४ लाख, एनएमबिसँग ३ खर्ब ७ अर्ब १७ करोड ५४ लाख रुपैयाँ सम्पत्ति छ ।

त्यसैगरि कृषि विकास बैंकसँग २ खर्ब ९६ अर्ब ९० करोड ६१ लाख, सिद्धार्थसँग २ खर्ब ८७ अर्ब ३८ करोड ८६ लाख, एभरेष्टसँग २ खर्ब ७२ अर्ब ६० करोड २४ लाख, प्राइमसँग २ खर्ब ५४ अर्ब ६१ करोड ९५ लाख, सानिमासँग २ खर्ब २३ अर्ब ३६ करोड ८१ लाख, सिटिजन्ससँग २ खर्ब १४ अर्ब ६७ करोड ८७ लाख र नेपाल एसबिआईसँग २ खर्ब ८ अर्ब ९१ करोड ४ लाख रुपैयाँ बराबरको सम्पत्ति छ ।

यता, माछापुच्छ्रे बैंकसँग १ खर्ब ९१ अर्ब १० करोड ७० लाख र स्ट्याण्डर्ड चार्टर्ड बैंकसँग १ खर्ब ४६ अर्ब ५१ करोड ६९ लाख रुपैयाँ बराबरको सम्पत्ति छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...