back

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

काठमाडौं । नेपाल सरकारको आ. व. २०८२/०८३ को नीति तथा कार्यक्रममा संघीय संसद अन्तरगत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिले तयार पारेको सुझाव र ध्यानाकर्षण पत्र रक्षा मन्त्री मानबिर राईलाई हस्तान्तरण गरिएको छ ।

मंगलबार बसेको समितिको बैठकमा समिति सभापति ठाकुरप्रसाद गैरेले रक्षामन्त्री मानवीर राईलाई सो प्रतिवेदन हस्तान्तरण गरेका हुन् । सोही क्रममा मन्त्री राईले अनावश्यक घोषणा गरेर मात्र राख्ने हो भने राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुन विचार गरेर घटाउनु उचित हुने बताएका छन् ।

उनले भने, ‘राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुन विचार गर्नुपर्छ । अलिकति अध्ययन गरेर घटाउनु पर्छ भने पनि घटाउ थुप्रै योजना घोषणा गर्ने काम भने नहुने भयो भने, हाम्रो आन्तरिक अवस्थाले धान्दैन् भने अनावश्यक घोषणा गरेर किन राख्ने सक्ने मात्र गरौं भन्ने मेरो पनि मत छ ।’ यस्तै, उनले समितिबाट प्राप्त सुझाव बुझेर जस्ताको त्यस्तै प्रधानमन्त्री र भौतिक मन्त्रीलाई बुझाउने बताए ।

उनले भने, ‘तपाईहरुले दिनु भएको सुझाव बुझेर जस्ताको त्यस्तै प्रधानमन्त्री र भौतिक मन्त्रीलाई बुझाउनु पर्छ । हामीले सोचेको लक्ष्य हासिल गर्न समस्या भई रहेको छ । कतिपय कुराहरु पहिचान गर्न जरुरी हुन्छ । कुन कुरालाई उच्च प्राथमिकतामा राख्ने भनेर पनि ध्यान दिनुपर्छ ।’

 

 


आफू कोशी प्रदेशमा जन्मिएकोमा गर्व लाग्छ: कृष्णकुमार शाह

आफू कोशी प्रदेशमा जन्मिएकोमा गर्व लाग्छ: कृष्णकुमार शाह

वि.सं.२०८२ जेठ १० शनिवार ०६:४४

काठमाडौं । कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सहसंयोजक कृष्णकुमार...

आज पाचँवटा समितिको बैठक बस्दै

आज पाचँवटा समितिको बैठक बस्दै

वि.सं.२०८२ जेठ ७ बुधवार १०:२२

काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न पाचँवटा समितिको बैठक...

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

वि.सं.२०८२ जेठ ७ बुधवार १०:१५

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको...

नेविसंघको आयोजनामा ल क्याम्पसमा निःशुल्क तयारी कक्षा संचालन

नेविसंघको आयोजनामा ल क्याम्पसमा निःशुल्क तयारी कक्षा संचालन

वि.सं.२०८२ जेठ ७ बुधवार ०९:१६

काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ) को आयोजनामा काठमाडौंको नेपाल ल...

आयोगमाथि आयोग थप्ने काम मात्र भयो, मिटरब्याजी पीडितले न्याय पाएनन्’

आयोगमाथि आयोग थप्ने काम मात्र भयो, मिटरब्याजी पीडितले न्याय पाएनन्’

वि.सं.२०८२ जेठ ६ मंगलवार १२:०४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटरब्याजी पीडितहरुको...

कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, छलफल आजबाट

कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, छलफल आजबाट

वि.सं.२०८२ जेठ ६ मंगलवार १०:४३

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को...