back

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

सिरहा । सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालय एक जना प्रहरी कर्मचारीका कारण बदनाम बनेको छ । उनी हुन्, असई सौरभ झा । उनले सोमबार मात्रै एक सेवाग्रहीसँग दस हजार रुपैयाँ घुस मागेका थिए । तर, सञ्चारकर्मीले थाहा पाएपछि डरले उनले पैसा लिएनन् । ती सेवाग्राही एक उदाहरण पात्र हुन् । असई झाले मुद्दासँग सम्बन्धित सामान्य कामका लागि पनि सेवाग्राहीसँग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन् ।

कुनै काम छिटो गरिदिने, सहज गरिदिने नाममा मात्रै होइन, प्रतिवादीहरूसँग उनले पैसा लिएर पक्राउ नै नगरी सरकारी वकिल र अदालतमा फाइल पेश गरिदिएको प्रशस्तै उदाहरण छन् । मिर्चैयाकै एक जनाले दर्ता गराएको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उनले त्यस्तै गरे ।

मुद्दा दर्ता भए पनि प्रतिवादी खुल्लेआम घुमिरहे । तर, प्रहरीले उनलाई फरार देखाएर फाइल अदालत बुझायो । ’प्रहरीमा मुद्दा दर्ता हुँदा पनि मान्छे पक्राउ नै नपरेपछि मुद्दाको के अर्थ भयो,’ ती पीडितले भने, ’जबकि प्रतिवादीलाई कति चोटी मैले सौरभसँगै देखेको थिएँ ।’

झाले आफ्नो नाममा मात्रै होइन, हाकिमहरूको नाममा पनि पैसा लिन्छन् । मिर्चैया प्रहरी स्रोतका अनुसार, उनलाई केही समयअघि मात्रै यस्तै उजुरीपछि कारबाही स्वरुप नसिहत पनि दिइएको थियो । तर, फेरि पनि उनी मुद्दा फाँटमै काम गरिरहेका छन् ।


बलात्कार आरोपमा एक प्रहरी जवान पक्राउ

बलात्कार आरोपमा एक प्रहरी जवान पक्राउ

वि.सं.२०८१ फागुन २० मंगलवार १०:४८

सिरहा- सिरहामा एक प्रहरी जवान बलात्कार आरोपमा पक्राउ परेका छन्...

अवैध सुनसहित विमानस्थलबाट चारजना विदेशी पक्राउ

अवैध सुनसहित विमानस्थलबाट चारजना विदेशी पक्राउ

वि.सं.२०८१ फागुन १५ बिहीवार १७:३५

काठमाडौं-  प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित चार जनालाई पक्राउ...

म्याग्दी हाइड्रोपावर र नागरिक लगानी कोषबीच शेयर प्रत्याभूति सम्झौता

म्याग्दी हाइड्रोपावर र नागरिक लगानी कोषबीच शेयर प्रत्याभूति सम्झौता

वि.सं.२०८१ पुस ७ आइतवार १६:५२

काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर...

३३ किलो सुन प्रकरणका आरोपित गोरेसहित ६ जनालाई जन्मकैदको सजाय

३३ किलो सुन प्रकरणका आरोपित गोरेसहित ६ जनालाई जन्मकैदको सजाय

वि.सं.२०७८ असोज १९ मंगलवार १६:३५

काठमाडौँ । ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको...

त्रिभुवन विमानस्थलबाट ३५० ग्रामसुनका गहनासहित दुई पक्राउ

त्रिभुवन विमानस्थलबाट ३५० ग्रामसुनका गहनासहित दुई पक्राउ

वि.सं.२०७८ भदौ ३० बुधवार १८:२७

काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलोग्राम ३६०...

तीज मान्न माईत गएकी सीतालाई घरमा बोलाएर हत्या

तीज मान्न माईत गएकी सीतालाई घरमा बोलाएर हत्या

वि.सं.२०७८ भदौ २७ आइतवार ०८:१०

काठमाडौँ । केहि दिनअघि हिन्दू नारीहरुको महानपर्व तीजको रमझम भैरहेको...