back
himalayan life

सबै अधिकार सरकारमा केन्द्रित हुँदा निरङकुशत बढ्नसक्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सबै अधिकार सरकारमा केन्द्रित हुँदा निरङकुशता बढ्ने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित सूचनाको हक सम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

‘पहिलो कुरा सबै अधिकार सरकारमा केन्द्रित भयो भने केहीपनि गर्न सकिदैन । दोस्रो कुरा, त्यो निरङकुसता हुँदै जान्छ । त्यसैले अनुगमन र कार्यान्वयन विषयहरुमा प्राथमिकता दिनुपर्छ,’ उनले भने ।  मन्त्री गुरुङले विभिन्न आयोगहरुको गठन गर्नु भनेको सरकारको कामलाई प्रभावकारी बनाउनको लागि भएको भन्दै सबैले आफ्नो ठाउँबाट काम गर्नेपर्ने बताए ।

उनले भने, ‘मानवअधिकार रक्षा गर्ने काम सरकारको हो । तर सरकार आफै भक्षक भैइदिन्छ कि भन्ने डर होला । सर्बसत्तासिन हुन्छ कि भन्ने होला । त्यसैले विभिन्न आयोगहरुको काम सरकारलाई प्रभावकारी बनाउने र संघीय लोकतन्त्र गणतन्त्र, समावेशी लोकतन्त्र त्यसलाई बलियो बनाउनको लागि बनाइएका संस्था हुन् । आफ्नो आफ्नो क्षेत्रमा काम गर्नुपर्छ ।’

उनले सुचनाको हकले सरकारले गरेको कामको पारदर्शिताको लागि काम गर्ने भन्दै यस सूचना आयोगको काम धेरै रहेको पनि बताए । उनले सुचनाको हक भनेर व्यवस्था गरेपनि त्यो पर्याप्त नभएको बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

वि.सं.२०८३ असार १४ आइतवार १७:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई...

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

वि.सं.२०८३ असार १४ आइतवार १७:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा...

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

वि.सं.२०८३ असार १४ आइतवार १४:०१

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले...