back
himalayan life

सरकार परिवर्तनको हल्लाले चकित बनायो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले सरकार परिवर्तन हुने हल्ला मात्र भएको बताएकी छन् । थाइल्यान्डबाट फर्कने वित्तिकै विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएकी हुन् । सरकार परिवर्तनको हल्लाबारे आफू चकित भएको प्रतिक्रिया दिइन् ।

‘देशमा रमाइलोका लागि यस्तो खबरहरु आउने गर्छ । अरु केही नभएपछि सरकार परिवर्तनको हल्ला आउँछ । सरकार बदल्नको लागि नेपालभित्र बसेर गर्नुपर्ने होला विदेश गएर यहाँको सरकार परिवर्तन हुँदैन,’ उनले भनिन् । परराष्ट्रमन्त्री राणा थाइल्यान्डको बैंककमा २०८२ वैशाख ८ देखि १२ गतेसम्म आयोजित एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगको ८१ औं सत्रको अध्यक्षता गरी आज स्वदेश फर्केका हुन् ।

उक्त अवसरमा उनीले अति कम विकसित, भूपरिवेष्टित विकासशील र साना टापु विकासोन्मुख मुलुकहरूका साझा चासोका विषयहरू उठान गरेका बताइन् । उनले यो अवसरले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रवद्र्धन गर्ने परराष्ट्र नीतिको उद्देश्य प्राप्त गर्न सहयोग पुगेका बताइन् ।

उनले भनिन्,‘उक्त भ्रमणका अवसरमा सानो द्वीप विकासशील राज्यहरूका लागि संयुक्त राष्ट्र संघका उच्च प्रतिनिधि अल्पविकसित, भूपरिवेष्ठित विकासशील र –संयुक्त राष्ट्रसंघको उच्च प्रतिनिधि महामहिम सुश्री रबाब फातिमासँग भेटघाट गरी आपसी हितका विविध विषयमा छलफल गरेको थिए । सो अवसरमा अति कम विकसित राष्ट्रबाट हुन लागेको नेपालको स्तरोन्नति स्नातकलाई सहज र दिगो बनाउने विषयमा छलफल केन्द्रित भएको थियो ।’

उनले यस भ्रमणबाट नेपालले जेठ २ देखि ४, २०८२ मा काठमाडौंमा आयोजना गर्न लागेको सगरमाथा संवादको बारेमा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू, अन्तर्राष्ट्रिय संघसंगठन एवम् नागरिक समाजका प्रतिनिधिहरुलाई जानकारी दिने र उच्च तहको सहभागिताका लागि आमन्त्रण गर्ने मौका मिलेको पनि जानकारी गराइन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

वि.सं.२०८३ असार १४ आइतवार १७:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई...

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

वि.सं.२०८३ असार १४ आइतवार १७:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा...

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

वि.सं.२०८३ असार १४ आइतवार १४:०१

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले...