back
nactional

छैन नम्बरी जग्गाको मुआब्जा: पीडित भन्छन् ‘सडक कहाँ लाने थाहा छैन, हाम्रो जग्गामा हामी नै बस्न पाउँ’

‘अहिले सडक विस्तार गर्ने भनिएको छ त्यसो हुँदा हाम्रा सबै घर भत्किन्छन् र हाम्रो बिल्लीबाठ हुन्छ’

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका –१० जिरिखिम्तीका स्थानीय वासिन्दाले सडक बनेको आफ्नो नम्बरी जग्गाको मुआब्जा मागेको वर्षौ भइसक्दा पनि मुआब्जा पाएका छैनन् ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गतको यो खण्डको वयरवन–९ (थ) को ६४ नम्बर कित्तामा बाटो बनेको हो । १९७० सालमा नापी भएर जग्गा कित्ताकाट भएको हो । त्यसको ५३ वर्षपछिमात्रै सडक नापी भएको हो । आफ्नो नम्बरी जग्गामा मुख्य राजमार्ग बनेपछि उनीहरु मुआब्जा माग्दै धेरै वर्षदेखि संघर्ष गर्दै आएका छन् । अहिले आएर काकडभिट्टा–लौकही सडक आयोजना पश्चिम खण्ड इटहरी सुनसरीले सडक विस्तार गर्ने योजना बनाएपछि ४१ घरपरिवारको बिचल्ली हुने भएको छ । सडक बनाउने बेलामा नापी गर्दा १ सय फुट चौडाको सडक बनाउने भनिए पनि सडकले अहिले १ सय ६५ फुट क्षेत्रफल ओगटेको छ ।

समस्या समाधानका लागि गठन गरिएको समन्वय समितिका संयोजक मदन पोखरेलले सडकले आफूहरुलाई त्यो बेलादेखिको नै मुआब्जा दिनुपर्ने बताए। ‘अहिले सडक विस्तार गर्ने भनिएको छ त्यसो हुँदा हाम्रा सबै घर भत्किन्छन् र हाम्रो बिल्लीबाठ हुन्छ’ पोखरेलले भने ‘हामीले पटकपटक आन्दोलन गरेपछि अहिले तत्काल सडक विस्तार कार्य रोकिएको छ तर कुन दिन घर भत्किने हो टुंगो छेन ।’ पोखरेलले सडकले कि आफ्नो ठाउँमा सडक सार्नुपर्ने कि अहिले आफूहरु बसेको ठाउँको जग्गा आफ्नो नाममा पास गरिदिनुपर्ने बताएका छन् । अहिले उनीहरु बसोबास गर्दै आएको जग्गा सडकको नाममा र उनीहरुको नम्बरी जग्गाको धनीपुर्जा भए पनि त्यो जग्गामा सडक कुदेको छ । पोखरेलले आफ्नो नाममा जग्गा नभएकोले बैंकमा जग्गा राख्न पनि समस्या भएको बताए ।

‘बैंकमा जग्गा राखेर केही काम गरौं भन्दा पनि पाइएको छैन किनभने हामी बसेको जग्गा सडकको नाममा छ, हाम्रो जग्गामा सडक छ’ पोखरेलले भने ‘यो समस्या पुरानो हो त्यतिबेलादेखि नै हामी संघर्ष गर्दै आएका छौं तर पनि हाम्रो कुरा सुनुवाई हुन सकेन ।’ उनले आफ्नो जग्गामा सडक भए पनि मालपोतमा आफ्नो नामको जग्गाको कर तिरिरहेको पनि जनाएका छन् । समस्या बढ्दै गएपछि धेरै पटक छलफल भएको पोखरेलले बताए ।

केहीअघि भएको सार्वजनिक सुनुवाइमा पनि यो समस्या समाधान गर्ने सहमति भए पनि कार्यान्वयन नभएको उनको गुनासो छ । पीडितहरुले सडक रहेको आफ्नो जग्गाको सट्टा अहिले आफूहरु बसोबास गरेको ठाउँमा जग्गा सट्टापट्टा गरिदिन पनि सम्बन्धित निकायलाई आग्रह गर्दै आएका छन् । काकडभिट्टा–लौकही सडक आयोजना पश्चिम खण्ड इटहरी सुनसरीका आयोजना प्रमुख जगत प्रजापतिले समस्या समाधानका लागि धेरै पटक छलफल भएको बताएका छन् । ‘धेरैअघिबाट यसबारे ‘वर्कआउट’ भएको छ, दक्षिणतिर सडक बिस्तार गर्दा अलिक सजिलो हुन्छ कि भन्ने लाग्छ’ आयोजना प्रमुख प्रजापतिले भने ‘दक्षिणतिर सडकको जग्गा भएकाले पनि त्यो विकल्प सहज हुन्छ भन्ने लाग्छ ।’ प्रजापतिले स्थानीयको माग सम्बोधनका लागि विभिन्न ढंगले छलफल भइरहेको जनाए । उनले सडकको जग्गा एकातिर र सडक अर्कैतिर रहेको हुँदा समस्या भएको बताए । उनले १० मिटर चौडा बाटोलाई बढाएर २४ मिटर चौडाको बनाउने योजना अघि बढेको जनाएका छन् । ‘सडक विस्तार हुँदा पुरानो समस्या समाधान गरेर जाउँ भन्ने उहाँहरुको माग पनि जायज नै हो’ प्रजापतिले भने ।

नगरपालिकाका प्रवक्ता नविन कार्कीले समस्याको समाधान कसरी गर्न सकिन्छ भनेर पटक–पटक छलफल भएको बताए । ‘सडक, ठेकेदार र पब्लिकसँग यसबारेमा विभिन्न चरणमा छलफल भएको छ, क्षति नहुने गरी अघि बढ्नुपर्छ’ प्रवक्ता कार्कीले भने । वडाध्यक्ष जीवन खतिवडाले पनि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको समितिले समस्या समाधानका लागि छलफल गरेको बताएका छन् । ‘सिडियो साहेबको अध्यक्षतामा भएको समितिले एक–दुइवटा छलफल गरिसकेको छ, समस्याको विषयमा सबै गम्भीर छौं ।’

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि यस विषयमा छलफल भइरहेको बताए । ‘छलफल भइरहेको छ, समस्याको समाधान हुन्छ, समाधान निस्किँदैन भन्ने मलाई लाग्दैन ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अवैध बाटोबाट विदेश गएकाको उद्धारमा जटिल, १२ लाखको सीमा राखेर कार्यविधि बन्दै

अवैध बाटोबाट विदेश गएकाको उद्धारमा जटिल, १२ लाखको सीमा राखेर कार्यविधि बन्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १८:२५

काठमाडौं । अवैध बाटोबाट विदेश गएर अलपत्र परेका वा ज्यान...

तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा सफलतापूर्वक निकालियो

तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा सफलतापूर्वक निकालियो

वि.सं.२०८३ भदौ २ मंगलवार १८:२२

काठमाडौं । नर्भिक इनटरनेशनल हस्पिटलमा तीन महिनाका बालकको पेटमा अड्किएको...

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

वि.सं.२०८३ भदौ २ मंगलवार १४:०४

काठमाडौं । शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७...

धर्म र पहिचानको मुद्दामा देउवाको ‘रणनीतिक पुनरागमन’: कांग्रेसभित्र र राजनीतिमा तरंग

धर्म र पहिचानको मुद्दामा देउवाको ‘रणनीतिक पुनरागमन’: कांग्रेसभित्र र राजनीतिमा तरंग

वि.सं.२०८३ भदौ २ मंगलवार ११:०५

काठमाडौं । पाँच महिनाको विदेश बसाइपछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री तथा...

बाजुरामा भारी वर्षा सहितको बाढीले विभिन्न ठाउँमा क्षती, साँफे–मार्तडी राजमार्ग अवरुद्ध 

बाजुरामा भारी वर्षा सहितको बाढीले विभिन्न ठाउँमा क्षती, साँफे–मार्तडी राजमार्ग अवरुद्ध 

वि.सं.२०८३ भदौ २ मंगलवार १०:५६

बाजुरा । बाजुरामा गएराती परेको भारी वर्षाका कारण विभिन्न ठाउँमा...

नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढ्यो

नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढ्यो

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:२४

काठमाडौं । नेपालको प्रमुख तथा सर्वाधिक व्यस्त सडकखण्डमध्ये एक नारायणगढ–मुग्लिन...