back
Naima

बर्षाले कर्णालीका अधिकांश राजमार्गहरु अवरुद्ध

सुर्खेत। बुधबारदेखि परेको बर्षाका कारणका कर्णालीका अधिकांश राजमार्गहरुको आवागमन अवरुद्ध भएको छ । बर्षाका कारण राजमार्गहरुमा पहिरो खसेपछि राजधानीसंगको सडक आवागमन अवरुद्ध भएको छ । बर्षाले कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–जुम्ला सडकखण्ड, कर्णाली करिडोर र छिन्चु जाजरकोट सडक खण्डमा विहीबार दिनभर आवागमन अवरुद्ध भयो।

कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो खसेपछि कर्णाली करिडोर अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार सान्नी त्रिवेणी गाउँपालिका–३ सिस्नेमा गएको पहिरो प्रहरी, यात्रु तथा स्थानीयको सक्रियतामा दिउँसोदेखि सञ्चालनमा आएको छ । रास्कोट नगरपालिका–८ भात्तडीमा गएको पहिरो प्रहरी, स्थानीय र स्काभेटरबाट पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख टेकबहादुर रावतले बताए ।

छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत राति १२ बजेदेखि अवरुद्ध भएको सडक विहीबार दिउँसोदेखि सञ्चालनमा आएको छ । सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–११ धारापानी नजिकै गंगटेमा पहिरो जाँदा हिजो रातिदेखि सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि अहिले छिन्चु जाजरकोट सडक खण्डमा चल्ने सबै सवारी साधन सडकमै रोकिएका छन् भने यात्रु समेत प्रभावित भएका छन् । कतिपय नजिकका यात्रुहरु हिँडेर आउजाउ गर्न बाध्य भएका छन् ।

वर्षात तथा हावाहुरीले पोल ढल्दा बन्गाड कुपिण्डे नगरपालिका क्षेत्रमा रातिदेखि बत्ती नभएको र अन्यत्र पनि क्षति भएको उनको भनाइ छ । बुधवार साँझदेखि भीषणा वर्षा,हावा हुरी सहित चट्याङ पर्दा ढुङ्गा सहित पहिरो आएर राजमार्ग अवरुद्ध हुँदा सयौ यात्रु बाहक तथा मालबाहक सवारी अलपत्र परेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

वि.सं.२०८३ साउन २८ बिहीवार १८:०६

जनकपुर । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद...

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

वि.सं.२०८३ साउन २८ बिहीवार १४:१९

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त...

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२०

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित...

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

वि.सं.२०८३ साउन २७ बुधवार १९:४२

काठमाडौं । सरकारी कार्यालयहरूबाट प्रवाह हुने सेवालाई थप सर्वसुलभ, पारदर्शी...

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

वि.सं.२०८३ साउन २७ बुधवार १९:२१

काठमाडौं । काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेपछि...

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

वि.सं.२०८३ साउन २७ बुधवार १८:३६

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...