back

प्रधानमन्त्री ओलीले आज बिम्स्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन् । ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरूले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ । आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले स्वागत सम्बोधन गरेपछि कार्यसूचीहरू प्रस्तुत गरिनेछन् ।

त्यसपछि बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता)हरूबाट सम्बोधन हुनेछ । सम्बोधनपछि कार्यसूचीहरू पारित हुनेछन् भने आयोजक मुलुकका प्रधानमन्त्री शिनावात्राले पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । सम्मेलनमा दिवाभोजपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय भेटवार्ता हुनेछ ।

बिम्स्टेक सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली आज साँझ थाइल्याण्डस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन् । यही चैत १९ गते बैंकक गएका प्रधानमन्त्री ओली चैत २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...