back

दुर्गा प्रसाईविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ ।
नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी गलत सूचना तथा घृणास्पद अभिव्यक्ति फैलाएको भन्दै प्रसाईविरुद्ध उजुरी परेको हो । शुक्रबार साइबर ब्यूरोमा मायाको पहिचान नेपालले प्रसाईले दिएको अभिव्यक्ति नेपालको एलजिबिटिआई समुदायको कानूनी पहिचान तथा ऐतिहासिक निर्णयहरूको अपमान भएको भन्दै उजुरी दिएको हो ।

उजुरीमा लेखिएको छ,‘हामीलाई जानकारी प्राप्त भएको छ कि दुर्गा प्रसाईले नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई सार्वजनिक रूपमा गलत सूचना दिँदै नकारात्मक रूपमा चित्रण गरेका छन् । उनले समलिङ्गी विवाहलाई युएसएडद्वारा वित्तीय सहयोग गरिएको भनी झूटो प्रचार गरेका छन् । जुन पूर्णतः भ्रामक र नेपालको एलजिबिटिआई समुदायको कानूनी पहिचान तथा ऐतिहासिक निर्णयहरूको अपमान हो ।’

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तका अनुसार प्रसाईको अभिव्यक्ति तथा गतिविधिको छानबिन गर्न, नेपाल साइबर अपराध ऐन उल्लङ्घन गरेको आरोपमा आवश्यक कानूनी कारबाही गर्न, एलजिबिटिआई समुदायलाई थप हानि पुग्न नदिन यस्ता घृणास्पद अभिव्यक्ति र गलत सूचनालाई रोक्न आवश्यक कदम चाल्न र नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार र गरिमालाई सुरक्षित राख्न यस भ्रामक सूचना अभियानविरुद्ध तुरुन्तै कारबाही गर्न माग गरिएको हो ।

नेपालका सर्वोच्च अदालतले २००७ मा समलिङ्गी दम्पतीहरूको अधिकारलाई मान्यता दिँदै सरकारलाई समलिङ्गी विवाहलाई कानूनी बनाउन निर्देशन दिएको थियो भने २०२३ जुन २७ मा सर्वोच्च अदालतले समलिङ्गी विवाह दर्ता गर्न अनुमति दिने अन्तरिम आदेश जारी गरेको थियो ।
हालसम्म १२ समलिङ्गी दम्पतीहरूले कानूनी रूपमा विवाह दर्ता गरिसकेका छन् । नेपाल संविधानले पनि समुदायको अस्तित्व र अधिकारलाई मान्यता दिएको छ र समान सुरक्षा तथा अवसर सुनिश्चित गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...