back

काठमाडौंमा गणतन्त्र र राजावादी समूहको प्रदर्शन, सुरक्षा व्यवस्थापनमा स्वयंसेवक परिचालन

काठमाडौं । काठमाडौंमा शुक्रबार गणतन्त्र पक्षधर र राजावादी समूहले प्रदर्शन गर्ने तयारी गरेका छन् । यी प्रदर्शनहरूलाई ध्यानमा राख्दै सरकार र स्थानीय प्रशासनले उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाएका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डपमा र राजतन्त्र पक्षधरलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ । दुई विरोध प्रदर्शनको सुरक्षा व्यवस्थापनलाई संयुक्त सुरक्षा संयन्त्रका माध्यमबाट सुदृढ बनाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका सुरक्षा अधिकारीहरूले भने, कुनै अप्रिय घटना नहोस् भन्ने सुनिश्चित गर्न विशेष निगरानी राख्ने तयारी गरेका छन् ।

यसैगरी स्वयंसेवक व्यवस्थापन तथा परिचालन कमिटीले पनि कुनै अप्रिय घटना नघटनाका लागि स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ । यसक्रममा, विभिन्न संघसंस्थाहरूका स्वयंसेवकहरूलाई परिचालन गर्ने व्यवस्था मिलाइएको छ । यी स्वयंसेवकहरूको मुख्य जिम्मेवारी प्रदर्शनका दौरान मञ्च व्यवस्थापन, र्यालीका लागि क्षेत्र निर्धारण र घुसपैठ निगरानी जस्ता कार्यहरूमा केन्द्रित रहने छ ।

स्वयंसेवक परिचालन तालिकाः
युवा संघ नेपालः १५० जना
अनेरास्ववियूः ५० जना
नेपाल खेलकुद महासंघ (समाजवादी): ५० जना
एकीकृत ट्रेड युनियन महासंघः २५ जना
नेपाल आदिवासी जनजाती महासंघ (समाजवादी): २५ जना
सङ्घीय सम्पर्क कमिटीः १० जना
अखिल नेपाल किसान महासंघ (समाजवादी): ५ जना
स्वयंसेवकहरूको जिम्मेवारी मञ्च व्यवस्थापन, शान्ति बाटिका क्षेत्रको निगरानी, र्यालीका पछाडि सुरक्षा व्यवस्था, र घुसपैठको निगरानी जस्ता विभिन्न कार्यहरूमा रहने छ । सम्पूर्ण सुरक्षा व्यवस्था, प्रदर्शनमा कुनै पनि अप्रिय घटना नहोस् भन्ने लक्ष्यका साथ तयारी गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...