back

नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐन उच्च प्राथमिकतामा : ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐनको व्यवस्था गर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्बन वित्त लगानीका अवसर सम्बन्धी राष्ट्रिय गोष्ठी समारोहमा बोल्दै उनले नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयकलाई ऐनको रुप दिने काम गर्ने बताएका हुन् ।

उनले भने, ‘सरकारले नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी छुट्टै ऐनको व्यवस्था गर्ने कार्य सदैव प्राथमिकतामा राखेको छ । नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक हाल राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पेस भएको छ । यस विधेयकलाई प्रतिनिधि सभाबाट पास गराई ऐनको रुप दिने काम मेरो उच्च प्राथमिकता रहेको छ ।’

उनले सरकार मार्फत फन्डको प्रयोग गरी गरीब, निमुखा जनताहरुको लागि सोलारको व्यवस्था गर्न सके आय आर्जनको बाटो बन्ने पनि बताए । यसका साथै उनले नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी कार्यहरुको स्तरउन्नती गर्नुपर्ने पनि बताए ।


शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

वि.सं.२०८२ वैशाख १६ मंगलवार १८:५५

काठमाडौं । काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलन स्थगित हुने छाँटकाँट छैन्...

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

वि.सं.२०८२ वैशाख १६ मंगलवार १३:०५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एउटा शिक्षक...

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:५१

काठमाडौं । नेपाल सरकारको आ. व. २०८२/०८३ को नीति तथा...

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:४१

सिरहा । सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालय एक जना प्रहरी...

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:३६

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकका माग पूरा...

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

वि.सं.२०८२ वैशाख १६ मंगलवार १०:१०

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११...