back
himalayan life

मस्कुलर डिष्ट्रोफीको उपचार तथा रोकथामको लागि सुझाव समिति गठन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वरिष्ठ कन्सल्ट्यान्ट तथा न्युरोलोजिष्ट प्राडा जगदीशप्रसाद अग्रवाल संयोजकत्वको सुझाव समिति गठन गरेका छन् ।

मंगलबार नेपालमा रोगीको संख्या बढिरहेको तथा मानिसको मांसपेशी कमजोर बनाउन कारक जटिल रोग मस्कुलर डिष्ट्रोफीको पहिचान, उपचार, रोकथाम एवं) पुनस्र्थापनाका लागि दीर्घकालिन नीति तथा कार्ययोजना तयार गर्ने उद्देश्यले समिति गठन गरेको हो ।

समितिका सदस्यहरुमा त्रिवि शिक्षण अस्पतालका प्राडा रोहितकुमार पोखरेल, मस्कुलर डिस्ट्रोफी फाउण्डेसन नेपालका अनिलकुमार उपाध्याय, त्रिवि शिक्षण अस्पतालकी प्रा.डा मिता शाह राना तथा मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल सदस्य छन् ।

यसैगरी, नेपाल पिडियाट्रिक्स सोसाइटीका प्रतिनिधि तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकी निष्ठा श्रेष्ठलाई सदस्य सचिव राखिएको समितिका सदस्य सचिवमा मन्त्रालयका डा. पुष्पराज पौडेल तोकिएका छन् ।

मांसपेशी कमजोर बनाउँदै हिँडडुल तथा आवतजावतमै समस्या पार्ने आनुवंशिक रोगका बिरामी देशमा बढिरहेको मन्त्रालयको तथ्यांकमा छ । रोकथाम तथा बिरामी र परिवारलाई पुनस्र्थापना आवश्यक पर्ने भएकाले यसका लागि आवश्यक नीति तथा कार्यक्रम तयार पार्न समितिलाई जिम्मेवारी प्रदान गरिएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

नेपालमा हाल ८ सय यस्ता बिरामी प्रभावित भएको पाइएको छ । आनुवांशिकका अलावा अन्यमा समेत देखा पर्ने जटिल प्रकृतिको रोगको गर्भावस्थामा हुने आनुवंशिक परीक्षणमार्फत ९५ प्रतिशत बिरामी पत्ता लगाउन सकिने चिकित्सकहरु बताउँछन् । यो रोग भएका बालबालिका तथा परिवार अतिरिक्त सेवा, विशेष सहयोग र मनोवैज्ञानिक सघनताको आवश्यकता पर्दछ ।

समितिलाई रोग रोकथाम तथा परिवार र स्वस्थ्यकर्मीलाई जानकारी दिन सचेतनामूलक कार्यक्रम तयार पार्ने तथा सामाजिक पुनस्र्थापना तथा आत्मनिर्भरताका लागि कार्यक्रम तयार पार्ने योजना मन्त्रालयलाई बुझाउने कार्यादेश दिइएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...

तथ्यहीन आरोप नलगाउन रास्वपा सांसद खत्रीलाई मन्त्रीको चेतावनी, संसद्मा बोलेको कुरा फिर्ता लिन माग

तथ्यहीन आरोप नलगाउन रास्वपा सांसद खत्रीलाई मन्त्रीको चेतावनी, संसद्मा बोलेको कुरा फिर्ता लिन माग

वि.सं.२०८३ असार ३१ बुधवार १३:४९

हेटौंडा । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले राष्ट्रिय...

मुगुको नेरघाटमा बेलीब्रिज निर्माण, झोलुङ्गे पुलको जोखिमबाट स्थानीयबासी मुक्त

मुगुको नेरघाटमा बेलीब्रिज निर्माण, झोलुङ्गे पुलको जोखिमबाट स्थानीयबासी मुक्त

वि.सं.२०८३ असार ३० मंगलवार १८:०३

मुगु । सडक सञ्जालमा पुल वा बेलीब्रिजबाट पछि परेको हिमाली...