back
himalayan life

सिरहामा भारतीय सुटर प्रयोग गरी गोली प्रहार : दुई घटनामा पारिवारिक रिसइबीको खुलासा

सिरहा । सिरहामा भएका दुई छुट्टाछुट्टै गोली प्रहार घटनामा भारतीय सुटर प्रयोग गरिएको तथ्य प्रहरीले सार्वजनिक गरेको छ । लामो अनुसन्धानपछि दुवै घटनामा पारिवारिक रिसइबी मुख्य कारण रहेको खुलेको हो ।

गत माघ १६ गते सिरहा नगरपालिका–७ स्थित आफ्नै खेत नजिक गोली प्रहारबाट ४२ वर्षीय प्रेमनाथ यादवको हत्या भएको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले सिरहा नगरपालिका–१ का ५२ वर्षीय उपेन्द्र यादवलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उपेन्द्रले पुरानो पारिवारिक विवादका कारण भारतीय सुटरलाई सुपारी दिई हत्या गराएका हुन् ।

प्रहरी अनुसन्धानअनुसार हत्या गर्न तीन लाख रुपैयाँ दिने सहमति भएको थियो । जसमा एक लाख रुपैयाँ तत्काल दिएको र बाँकी दुई लाख दिन बाँकी रहेको बयान उपेन्द्रले दिएका छन् । उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यसै अनुसन्धानका क्रममा अर्को गोली प्रहार घटना पनि सार्वजनिक भएको छ । औरही गाउँपालिका–५ का श्यामसुन्दर शर्मामाथि माघ ४ गते राति गाउँकै जितिया मन्दिरमा सुतिरहेका बेला झ्यालबाट गोली प्रहार गरिएको थियो । टाउकोमा गोली लागेका शर्माको विराटनगरमा उपचारपछि अवस्था सामान्य भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय ५५ वर्षीय हरि ठाकुरले पनि पारिवारिक रिसइबीका कारण भारतीय सुटरलाई ५० हजार रुपैयाँ दिई श्यामसुन्दरमाथि ज्यान मार्ने उद्देश्यले गोली प्रहार गराएका थिए ।

घटनामा संलग्न भारतीय सुटरसहित उनीहरूलाई सम्पर्क गराउने अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र बनाइएको सिरहाका प्रहरी प्रमुख एसपी बासुदेव पाठकले जानकारी दिएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

वि.सं.२०८३ असार १४ आइतवार १७:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई...

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

वि.सं.२०८३ असार १४ आइतवार १७:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा...

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

वि.सं.२०८३ असार १४ आइतवार १४:०१

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले...